प्रमुख समाचार

काेराेना भाइ’रस ५० देशमा फैलियाे, कुनै पनि देश ढुक्क भएर बस्न नहुने डब्ल्यूएचओकाे भनाइ

काठमाण्डाै – कोभिड–१९ अर्थात् कोरोना भाइ’रसको स’ङ्क्र’मण ५० देशमा फैलिएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ ।

विभिन्न देशमा कोरोना भाइ’रस पुष्टि भएका ३६ हजार ६ सय ३३ जना उपचारपछि घर फर्किएका छन् । चीनमा मात्रै ३६ हजार एक सय ३६ जना उपचारपछि घर फर्किएका छन् भने अहिलेसम्म दुई हजार ८ सय ३२ जनाको ज्या’न गएको छ । यस्तै ७९ हजार एक सय ६७ जनामा स’ङ्क्र’मण पुष्टि भएको छ ।

चीनपछि इरानमा सबैभन्दा धेरै २६ जनाको ज्या’न गएको छ । कोरोना भाइ’रस फैलिएपछि जापान र इराकले सबै स्कुल बन्द गर्न निर्देशन दिएका छन् । साउदी अरबले विदेशी तीर्थयात्रीलाई प्रवेशमा रो’क लगाएको छ भने इरानले आफ्ना नागरिकलाई अनावश्यक घुमफिर नगर्न अपिल गरेको छ ।

यस्तै अस्ट्रेलियाले कोरोना भाइ’रसको उद्गम स्थल चीनबाट पुग्ने पर्यटकलाई आवागमनमा लगाएको प्रति’बन्ध अनिश्चितकालका लागि लम्ब्याएको छ । इटालीमा पनि १७ जनाको ज्या’न गएको छ र ११ शहरका नागरिकलाई क्वारेन्टाइनमा राखेको छ भने ग्रीसले रोमन क्याथलिक धर्म मान्नेहरुको उत्सव कारनिभलमा गरिने गतिविधि स्थगित गरेको बीबीसीले जनाएको छ ।

यसैबीच उप सहरा अफ्रिकी देशमा पनि कोरोनाको पहिलो स’ङ्क्र’मित भेटिएको छ । नाइजेरियामा कोरोना स’ङ्क्र’मित भेटिएको समाचार संस्था एएफपीले पुष्टि गरेको छ ।

कोरोना भाइ’रसको स’ङ्क्र’मण सुरु भएको चीनमा स’ङ्क्र’मण र ज्या’न गुमाउनेको सङ्ख्या घटिरहेका बेला चीनबाहिर स’ङ्क्र’मण बढ्नु चिन्ताजनक भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

सङ्गठनका महानिर्देशक टेड्रस एड्हानोम गेहब्रेयससले चीनबाहिर फैलिएको स’ङ्क्र’मण चि’न्ताको विषय भएको बताएका हुन् । अब विश्वका कुनै पनि देशले आफ्नो देशमा कोरोना भाइ’रस पस्न नसक्ने भनेर बस्न नमिल्ने उनकाे भनाइ छ । इरान, इटली र दक्षिण कोरियामा देखिएको प्रकोपले भाइ’रस अझ ख’तर’नाक भएको देखाएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *