समाचार

आज देखि काठमाडाैं उपत्यकामा सुरू हुँदैछ यस्ताे कडा नियम, बाहिर निस्कनुअघि सबैले अनिवार्य थाहा पाउनुपर्ने

काठमाडौं । भोलि आइतबारदेखि काठमाडौं उपत्यकामा सवारी चलाउन ‘टाइम कार्ड’ लागू हुने भएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरी लगायतका सरोकारवाला निकायहरुबीच भएको छलफलले सवारी सञ्चालनमा कडाई गर्ने निर्णय गरेको हो ।अब तोकेको समयमा मात्र चलाउन पाउने महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए । उनकाअनुसार सरकारी कार्यालयका कर्मचारीहरु बिहान ९ बजेदेखि साढे १० बजेसम्म कार्यालय जान र बेलुका ५ बजेदेखि ६ बजेसम्म घर र्फकने समय तोकिएको छ ।

यस्तै बैंक वित्तीय संस्थाका लागि बिहान ९ बजेदेखि साढे १० बजेसम्म गइसक्नुपर्ने र बेलुका साढे ३ बजेदेखि ५ बजेसम्म र्फकनु पर्नेछ । ‘एक तिहाई मात्र कर्मचारी जाने भनिएको छ । त्यसैले दिउँसोको समयमा सामान्यतया आवत जावत नगरौं भनेर समय तोकिएको हो’ ढकालल भनेका छन् ।त्यस्तै, खाद्यान्न, तरकारी तथा अत्यावश्यक खाद्य सामग्री बिहान १० बजेभित्र ढुवानी गरिसक्नुपर्ने छ । निमाण सामाग्री बोकेका ठूला सवारीलाई बेलुका ८ बजेपछि मात्र विहान ६ बजेसम्म उपत्यकाभित्र प्रवेश गर्न पाउनेछन् । औषधि र खानेपानीको सवारी साधानको हकमा भने टाइम कार्ड लागू हुने छैन ।

यसैबीच विभिन्न अस्पतालमा उपचारत ७८ जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नियमित लाइभ अपडेत मार्फत विभिन्न अस्पतालमा उपचारत ७८ जना कोरोना संक्रमितको स्वास्थ्य अवस्थ सामान्य रहेको जानकारी दिएका हुन् ।नेपालमा १ सय ९ जना कोरोना संक्रमित मध्ये ३१ जना निको भएर घर फर्किएका छन् भने ७५ जना विभिन्न अस्पतालमा आइसोलेसनमा चिकित्सकको निगरानीमा रहेका छन् । डा देवकोटाका अनुसार वीरगञ्जमा २७, वीराटनगरमा २०, रुपन्देहीमा ६, नेपालगञ्जमा २४ र भरतपुरमा एकजना गरी ७८ संक्रमितहरु आइसोलेसनमा उपचारत छन् ।

डा देवकोटाका अनुसार हालसम्म पीसीआर र आरडीटी बिधिबाट ७१ हजार भन्दा धेरैको कोरोना परीक्षण गरिएको छ । पीसीआर विधिबाट १६ हजार ३ सय ९ वटा नमूना परीक्षण गरिएको छ भने आरडीटी विधिबाट ५५ हजार ९ सय ३० वटा नमूना परीक्षण भएको उनले जानकारी दिए। पछिल्लो २४ घण्टामा १ हजार ७ सय ४२ वटा परीक्षण आरडीटी विधिबाट भएको छ ।डा देवकोटाका अनुसार प्रदेश १ मा ३४, प्रदेश २ मा ३१, बाग्मती प्रदेशमा ७, गण्डकी प्रदेशमा २ प्रदेश नम्बर ५ मा ३० र सुदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेका छन् । यो तथ्यांकलाई हेर्दा प्रदेश १ मा सबैभन्दा बढी संक्रमित भेटिएको छ भने । प्रदेश २ र प्रदेश ५ मा पनि संक्रमितको संख्या बढी छ ।

डा देवकोटाका अनुसार कोरोना संक्रमण पुष्टि भएका क्षेत्रहरुमा पीसीआर विधिबाट कोरोना परीक्षणको दायरा बढाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र नेपाली सेनाको स्वास्थ्य समूहका टोलीले कोरोना संक्रमित क्षेत्रमा ५ हजार भन्दा बढीको पीसीआर विधिबाट कोरोना परीक्षण गर्ने अभियान शुरु गरेको छ ।प्रवक्ता डा देवकोटाका अनुसार कोरोना संक्रमति देखिएको प्रदेश २ को रौतहट, बारा र पर्सा जिल्ला र प्रदेश ५ का संक्रमित भेटिएका जिल्लाहरुमा ५हजार ३ सय २० भन्दा बढी व्यक्तिको पीसीआर विधिबाट कोरोना परीक्षणका लागि टोली खटिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *