समाचार

आज राती ८ बजे देखी बीरगंजमा कर्फयु

बीरगन्जमा आज राति ८ बजेदेखि कर्फ्यू लगाइने भएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन बीरगंजमा कर्फ्यू लागू गरिने भएको हो । पर्सा जिल्लामा ६४ जना व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएपछि आज रातिदेखि कर्फ्यू लगाइने त्यहाँको स्थानिय पत्रिका प्रहार दैनिकले जनाएको छ ।

कर्फ्यू कुन कुन समयमा खोल्ने भन्नेबारेमा विस्तृत जानकारी प्राप्त भैरहेको छैन । यसबारेमा हाम्रा सम्बाददाताहरुले थप जानकारी ल्याउने कोशिस गरिरहेका छन् ।केही समयपछि हामी थप जानकारी अपडेट गर्नेछौं । प्रदेश नम्बर २ को पर्सामा कोरोनाभाइरस संक्रमितको संख्या ६४ जना पुगेको छ । मंगलबार पर्सामा कोरोनाभाइरस संक्रमित ३९ जना थपिएसँगै संक्रमितको संख्या ६४ पुगेको हो ।

आज साँझमा थप १७ जनामा कोरोना संक्रमण भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ८ पुगेको छ । आज मात्र ७४ जना नयाँ संक्रमित फेला परेका हुन् । यो नेपालको लागि नयाँ रेकड हो । यसअगाडी यति ठूलो संख्यामा संक्रमितहरु फेला परेका थिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *