समाचार

नेपालमा एकैदिन ८३ जनामा कोरोना पुष्टि : काठमाण्डौ र भक्तपुरमा पनि भेटिए

काठमाण्डौ – नेपालमा एकैदिन ८३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । अहिले बेलुकी काठमाण्डौका एक तथा भक्तपुरका दुई गरी २६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सह-प्रवक्ता डाक्टर समिरकुमार अधिकारीकाअनुसार भक्तपुरकी २५ वर्षीया महिला र २७ वर्षका पुरुष गरी दुई तथा काठमाण्डौकी ३३ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।

यस्तै पर्साका १२ जना पुरुष तथा ६ जना महिला गरी १८ जना, महोत्तरी र धनुषाका दुई – दुई जना तथा सर्लाहीका एक जनामा कोरोना पुष्टि भएको हो । यसअघि आज दिउँसो ५७ जनामा कोरोना पुष्टि भएको थियो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय १७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *