समाचार

भीम रावलकाे सुरक्षामा खटिएका सशस्त्रका एक जवानमा कोरोना, एक महिनादेखि बिदामा थिए

काठमाडौं, ३१ बैशाख । पूर्व गृहमन्त्री एवं नेकपाका नेता/सांसद भीम रावलकाे सुरक्षामा खटिएका सशस्त्र प्रहरीका एक जवानलाई कोरोना भाइरस संक्रमणकाे पुष्टि भएको छ ।

सशस्त्र प्रहरी बलको नीलबाराही गणमा कार्यरत ती सुरक्षार्मी एक महिनाअघिबाट बिदामा रहेकाे खुलेकाे छ । बिदाको समय सकिएपछि पुनः डिउटी फर्किन लाग्दा उनको स्वास्थ्य परीक्षण गरिएको थियाे । परीक्षणपछि उनमा कोरोना पुष्टि भएको हो ।

मंगलबार पाेजेटिभ देखिएका २६ जनाको रिपोर्टसँगै उनकाे रिपाेर्ट पनि पोजेटिभ देखिएकाे थियाे । भक्तपरकाे चाँगुनारायण बस्दै अाएका २७ वर्षीय ती जवानकाे रिपाेर्ट पाेजेटिभ रहेकाे राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पुष्टि गरेको छ ।उनलाई मंगलबा राति नै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा भर्ना गरिएको छ । उनी वैशाख २ गते श्रीम

Leave a Reply

Your email address will not be published. Required fields are marked *