समाचार

Breaking: फेरी थपिए २४ संक्रमित , संक्रमितको संख्या २४३ पुग्यो

आज बुधबार थप २४ जनामा कोरोना संक्रमण देखिएको छ।

जसमा १२ जना रुपन्देही, ८ जना कपिलवस्तु, ३ जना पर्सा, एकजना नवलपरासीका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

थपिएका २४ संक्रमितमध्ये २० जना पुरुष र ४ जना महिला छन्।

उनीहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा परीक्षण गरिएको थियो।

आजै मध्यान्न दुई जना व्यक्तिमा संक्रमण देखिएको थियो। जसमा एकजना बाँके र अर्का कपिलवस्तुका हुन्। यीसहित बुधबार कुल २६ जनामा संक्रमण देखिएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *