समाचार

थप दुई जनालाई कोरोनाको संक्रमण, संक्रमित संख्या २४५ पुग्यो

नेपालमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार बिहान अध्यावधिक गरेको तथ्यांकले थप दुई जनामा संक्रमण पुष्टि भएको जनाएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणले उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको हो।

पुष्टि भएका दुई संक्रमितमा काठमाडौं चन्द्रागिरी निवासी एक ३२ वर्षिय पुरुष छन् भने अर्का संक्रमित कपिलवस्तु निवासी ६ वर्षिया बालिका रहेकी छन्।

मन्त्रालयले जारी गरेको विज्ञप्तिका अनुसार हाल दुबैको स्वास्थ्य अवस्था सामान्य छ र उनीहरु चिकित्सकको सम्पर्कमा रहेका छन्।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ सय ४५ पुगेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *