प्रमुख समाचार

कोरोना संक्रमित युवतीको साथीको रिपोर्ट नेगेटिभ

भक्तपुर – मध्यपुर थिमिमा बस्ने कोरोना भाइरस संक्रमित युवतीको साथीको रिपोर्ट नेगेटिभ आएको छ ।

संक्रमण पुष्टि भएकी सुनसरीको झुम्काकी २५ वर्षीय युवतीको साथीको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको भक्तपुर अस्पतालले जानकारी दिएको छ ।

मंगलबार युवतीमा कोरोना पोजिटिभ देखिएपछि उनको साथीलाई बुधबार भक्तपुर अस्पतालको आइसोलेसन वार्डमा राखि स्वाब परीक्षणका लागि टेकु अस्पतालमा पठाइएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गरिएका स्वाबको रिपोर्ट नेगेटिभ देखिएको भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले बताइन् ।

संक्रमित युवतीको साथीलाई २१ दिन क्वारेन्टाइनमा राखिने भक्तपुर अस्पतालले जनाएको छ । भक्तपुरको दुवाकोटमा बस्दै आएका एक पुरुषमा पनि मंगलबार कोरोना संक्रमणको देखियो थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *