अन्तरास्ट्रिय

अमेरिकी राष्ट्रपतिले चीनलाई सम्बन्ध खत्तम गर्छु भन्दै दिए यस्तो चेतावनी

काठमाडौं । सुरुवातदेखि नै खराब बन्दै आएको अमेरिका–चीन सम्बन्ध कोरोना भाइरसका कारण झन चुलिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको सबै सम्बन्ध तोडने धम्की फेरि दिनु भएको छ । कोरोना महामारीको सन्दर्भलाई लिएर राष्ट्रपति ट्रम्पले चीनको आलोचना गर्दै यस्तो चेतावनी दिनुभएको हो ।

फक्स बिजनेसलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले आफुहरु धेरैथोक गर्न सक्छौं भन्दै उस्तै परे सारा सम्बन्ध तोड्न सक्ने चेतावनी दिनु भएको हो । यदि यस्तो भएमा के होला भन्ने प्रश्न गर्दै ट्रम्पले त्यस्तो भए ५ सय अरब डलर बच्ने तर्क सुनाउनुभयो । ट्रम्पले उल्लेख गरेको अंक चीनसँगको अमेरिकी व्यापार घाटाको हो ।

अमेरिकाले कोरोना महामारी लुकाउन खोजेको आरोप चीनमाथि लगाइरहेको छ । तर चीनले यो आरोप अस्वीकार गर्दै आएको छ । पछिल्ला दिनमा चीनमाथिको आक्रमण ट्रम्पको चुनावी रणनीति रहेको बताउन थालिएको बीबीसीले जनाएको छ । अमेरिकामा अहिले विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमित र मृतक रहेका छन् । यहाँ १४ लाख ५० हजार भन्दा धेरै संक्रमित हुँदा ८६ हजार भन्दा धेरैको ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *