मनोरंजन

शुष्मा कार्की फेरी इन्टरभ्युमा आइन्, आफ्ना विरुद्ध आएका प्रश्नको यसरी दिइन् जवाफ (भिडियो हेर्नुस्)

काठमाडौं । नायीका पुजा शर्मासंगको सम्बन्धलाई लिएर अर्की नायीका शुष्मा कार्की विवादमा तानिएकी छन् । उनीहरुको विषयमा विभिन्न कुराहरु समाचार र भिडियो सामग्रीको रुपमा बाहिर आएका छन् । उनीहरुसंग सम्बन्ध नभएका विषयमा पनि जवरजस्ती जोड्ने कोशिष गरिएको छ ।

एउटा निकै पुरानो भिडियोमा शुष्माले दिएको प्रतिकृयालाई अचानक अहिले टिकटकमा भाइरल बनाइएपछि शुष्माले दिएको प्रतिकृया पछि विवाद फेरी बढेको हो । उनले आफुलाई बदनाम गर्ने उद्देश्यले यस्तो गरिएको भन्दै प्रतिकृया दिएकी थिइन् । उनले गायीका मेलिना राई लगायतलाई चिन्दिन भनेर दिएको अभिब्यक्तिलाई टिकटकमा भाइरल बनाइएको हो ।

अहिले मेलिना चल्तीकी गायीका हुन् । तर उनले धेरे पहिला दिएको अन्तरवार्तामा उनलाई चिन्दिन भनेका कारण शुष्माको आलोचना गरिएको हो । शुष्माले पछिल्लो पटक दिएको एक टेलिभिजन अन्तरवार्तामा त्यतीबेला भने मेलिनालाई नचिनेकको बताएकी छन् । तर अहिले भने उनीसंग राम्रो चिनजान भएको र उनको गीतमा आफुले अभिनय पनि गरिसकेको बताएकी छन् । अरुको बारेमा धेरै चासो नराख्ने भएकाले आफु अपडेट नभएको उनको भनाई छ ।

उनले आफु स्पष्ट वक्ता भएको र मनमा आएको कुरा फ्याट्टै बोल्ने गरेको बताउँछिन् । टेलिभिजन अन्तरवार्ताका क्रममा उनले आफुलाई दर्शक र फ्यानले सोधेका प्रश्नको जवाफ दिएकी छन् । साथै आफ्ना बारेमा लेखेका प्रतिकृया र टिप्पणीको पनि जवाफ दिएकी छन् ।

उनले आफु कहिल्यै पनि पछाडी फर्केर नहेर्ने र अगाडी बढ्दै जाँदा आउने जस्तोसुकै समस्यासंग पनि जुधेर अघि बढ्ने बताएकी छन् । उनले फ्यानको जवाफ दिने क्रममा आफु केही वर्ष देखि भने फिल्म क्षेत्रवाट टाढा भएको बताएकी छन् ।त्यसैले अहिले कसको फिल्म हेर्न दर्शक धेरै हलमा जान्छन् भनेर आफुले भन्न नसक्ने बताइन् । उनले सबै नेपाली कलाकारलाई माया गर्न र नेपाली फिल्म हेर्न पनि आग्रह गरेकी छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *