समाचार

काठमाडौं महानगरका ३१ जना सरसफाइ कर्मचारीको आरडिटी पोजेटिभ नतिजा पिसिआरमा नेगेटिभ

काठमाडौं महानगरपालिकाका ३१ जना सरसफाइमा खटिने कर्मचारीको र्‍यापिड टेस्टको नतिजा पिसिआरमा नेगेटिभ आएको छ।

सबैको स्वाब परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले सेतोपाटीलाई जानकारी दिइन्।

अहिले ३१ जना नै महानगरको वातावरण भवनमा छन्। उनीहरूलाई के गर्ने भन्ने भोलि छलफल गरिने खड्गीले बताइन्।

शुक्रबार टेकु अस्पतालमा महानगरका सरसफाइमा खटिने ९ सय ३२ जनाको कोरोना परीक्षण गरिएको थियो। जसमा २ सय ६८ जनाको पिसिआर परीक्षण गरिएकोमा उनीहरूको पनि नेगेटिभ आएको छ।

बाँकी ६ सय ३२ जनाको र्‍यापिड टेस्ट गर्दा ३१ जनामा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको थियो। जसमा १६ जना पुरुष र १५ जना महिला थिए। त्यसपछि उनीहरूको पिसिआर परीक्षणका लागि स्वाब टेकु प्रयोगशालामा पठाइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *