समाचार

कोरोनाले ज्यान लिन थालेपछि काठमाडौंका गल्लीगल्लीमा तारबार (तस्बिरहरू)

काठमाडौं उपत्यकामा केही दिनअघि लकडाउन निकै खुकुलो भएको थियो।

बिहान र बेलुका सडकमा ट्राफिक जाम हुन थालेको थियो। मान्छेहरूको भिड बढ्न थालेको थियो।

तर शनिबार र आइतबार कोरोनाभाइरसबाट दुई जनाको मृत्यु भएको पुष्टि भएपछि फेरि काठमाडौंका सडकमा गाडी पातलिएका छन्।

मुख्य सडकमात्र होइन भित्री गल्लीहरूमा पनि मानिसहरूको आवातजावत कम भएको छ।

कतिले आफ्नो टोलको गल्लीमा तारबार नै लगाएका छन्।

काठमाडौं र पाटनका गल्लीहरूमा विभिन्न सूचनाहरू टाँसेर बाटो रोकिएको छ।

हेर्नुस् तस्बिरहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *