समाचार

स्थलगत भिडियोमा हेर्नुस् कोरोनाका कारण निधन भएकी महिला बसेको गोंगबु क्षेत्रको अवस्था, यसो भन्छन् उनका छिमेकी (भिडियो हेर्नुस्)

काठमाडौं । धुलिखेल अस्पतालमा विहिवार कोरोनाकै कारण एक सुत्केरी महिलाको निधन भएपछि काठमाडौंको गोंगबु क्षेत्रमा पनि स न्त्रा स छाएको छ । उनी गंगबुमा डेरामा बस्ने भएकाले सो क्षेत्रमा सर्वसाधारणमा पनि त्रा स छाएको हो । स्वास्थ्य मन्त्रालयले सिन्धुपाल्चोककी महिलाको निधन कोरोनाकै कारण भएको पुष्टि गरेपछि अहिले त्यस क्षेत्रमा स न्त्रा स फैलिएको छ।

सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया ती महिला सुत्केरी हुनु अघिसम्म गोंगबुमै बस्दै आएकी थिइन् । उनी बस्ने डेरा गोंगबु क्षेत्र टोखा नगरपालिका वडा नम्बर ९ मा पर्छ। स्वास्थ्य मन्त्रालयले उनको निधनको कारण कोरोना भनेर पुष्टि गरेपछि टोखा नगरपालिकाले उच्च सतर्कता अपनाएको जनाएको छ । नगरपालिकाले सो क्षेत्रमा सिल गरिएको र चिकित्सकको टोली सो टोलमा जान लागेको जनाएको छ । टोखा नगरपालिकाकी उपमेयर ज्ञानमाया डंगोलले उच्च सतर्कता अपनाएको जनाएकी छन् । उनी गोंगबुवाट हिडेरै सुत्केरी हुन शिक्षण अस्पताल पुगेकी थिइन् ।

अहिले ती महिला बस्ने घर, वरपरका छिमेकी तथा उनीसँग सम्पर्क गरेका सबै व्यक्तिको स्वास्थ्य परीक्षण गर्ने तयारी भइरहेको छ । तर ती महिला सुत्केरी हुन वैशाख २२ गते त्रिवि शिक्षण अस्पताल ९महाराजगन्ज० गएको र त्यहाँ बच्चा जन्माइसकेपछि सीधै घर सिन्धुपाल्चोकको बाह्रबिसेस्थित राम्चे गएको बताइएको छ । त्यसपछि उनलाई स्वासप्रस्वासमा समस्या भएपछि धुलिखेल अस्पताल लगिएको थियो । उनी शिक्षण अस्पतालवाट १० दिन पछि राम्चे गएको बताइएको छ ।

संसारभर फैलिएको यो नयाँ भाइरसका कारण नेपालमा ज्यान गुमाउने उनी पहिलो नेपाली हुन्। ९ दिने ती सुत्केरीको स्वाब धुलिखेल अस्पतालमा पहिलो पटक परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । फेरी टेकु अस्पतालमा नमूना दोहोर्याएर परीक्षण गर्दा पनि कोरोनाकै कारण निधन भएको पुष्टि भएको चिकित्सकले बताएका छन्। स्वास्थ्य मन्त्रालयले शनिबार राती मात्र उनको निधन कोरोनाबाट भएको पुष्टि गर्दै यस रोगबाट निधन हुने उनी पहिलो नेपाली रहेको जनाएको छ।

ती महिला काठमाडौंमा तरकारी व्यवसायी गर्दै आएकी थिइन। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ९ राम्चे घर भएकी उनी गर्भवती भएका कारण लकडाउनको बेला पनि नियमित जाँचका लागि काठमाडौंमै बसेकी थिइन।

सरकारले चैत ११ गते लकडाउन घोषणा गर्दा उनको बच्चा जन्माउने मिति नजिकिँदै थियो। त्यही कारण पहिलो सन्तान ११ वर्षको छोरालाई सिन्धुपाल्चोकको बाह्रबिसे घरमा पठाएर उनी र श्रीमान काठमाडौंको गोंगबुस्थित डेरामा बसेका थिए। २९ वर्षीय ती महिलाका श्रीमान पहिले सेनामा थिए भने अहिले काठमाडौंकै एक कम्पनीमा सुरक्षा गार्डका रुपमा काम गर्छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *