समाचार

लकडाउनपछि मासु र दुध सस्तियो, तरकारी र फलफूल महँगियो

काठमाडौं । लकडाउनपछि मासु र दुधको मूल्य सस्तो भएको छ । नेपाल राष्ट्र र्बैंकको तथ्यांक अनुसार लकडाउन चैत महिनामा मासु र दुधको मूल्यमा माछा तथा मासुमा ४.६६ प्रतिशत तथा मासु तथा अण्डामा ०.३५ प्रतिशतले मूल्यमा गिरावट आएको हो ।

यो अवधिमा तरकारी र फलफूलमा भने उच्च मूल्यवृद्धि भएको छ । यो अवधिमा फलफूल १५.९४ प्रतिशतले महँगिएको छ भने तरकारी १३.१४ प्रतिशतले महँगो भएको छ ।

खाद्य वस्तुहरुमध्ये खाद्यान्न, गुडागुडी, घ्यु, तेल चिनीको मूल्य बढेको छ । उता, मसला, पेय पदार्थ र होटल तथा रेष्टुरेन्टको मूल्यमा कमी आएको छ । रक्सी र सुर्तीजन्य पदार्थमा भने मूल्यमा कुनै परिवर्तन भएको छैन ।

गैरखाद्य वस्तुतर्फ फागुन महिनाको तुलनामा चैत महिनामा मूल्य स्थिर नै छ । यातायात खर्च यो अवधिमा १.८६ प्रतिशतले घट्नुबाहेक अरु सेवाहरुको मूल्य स्थिर नै रहेको हो ।

चैत महिनाको अवधिमा तराई क्षेत्रमा खाद्यान्नको मूल्य सबैभन्दा बढी २.५५ प्रतिशत, पहाडी क्षेत्रमा १.९२ प्रतिशत बढ्दा काठमाडौं उपत्यका र हिमाली क्षेत्रहरुमा मूल्य स्थिर रहेको देखिएको छ । लकडाउन घोषणापछि औसत मुल्यवृद्धि भने ०.६२ प्रतिशतले बढेर ६.७४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *