समाचार

भारतको जङ्गलमा भोकभोकै अलपत्र छन् मुगुका नेपाली

मुगु, ६ जेठ । भारतमा रोजिरेटीका लागि मजदूरी गर्न गएका मुगालीहरु यतिखेर जङ्गलमै अलपत्र परेका छन् । महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको कारण लकडाउन भएपछि आफ्नो जन्मथलो फर्कने क्रममा उनीहरु आइतबार रातिदेखि भारतको जङ्गलमा अलपत्र परेका छन् ।
भारतको बनबासास्थित खरीमा बजार नजिकैको ठाँउ र बरेलीको जङ्गलमा रहेका मुगु जिल्लाका विभिन्न बस्तीका ४०–४५ जना अलपत्र रहेको जनाइएको छ ।भारत सरकारले लकडाउन गरेपछि नेपाल आउन मुगालीहरु हिँडेरै सीमानाका वनवासातर्फ आएका थिए । सो क्रममा भारतीय सुरक्षाकर्मीहरुले कुटपिट गरेर बिचल्ली बनाएको भिडियो सामाजिक सन्जालमा भाइरल भएको छ ।

त्यसपछि मुगु जिल्लाका प्रतिनिधि सभा सदस्य मोहन बाहियाँले संकटका बेला भारतीय सुरक्षाकर्मीले कु,ट,पि,ट गरी अ,मा,न,वी,य हर्कत देखाएको भन्दै नेपाल सरकारलाई उनीहरुको तुरुन्त उद्धार गर्न अपिल गरेका छन् ।

भारतको बरेली भन्ने ठाउँमा रहेको जगंलमा अलपत्र परेका मु,,गु जिल्लाका ४०–४५ जना रहेको सम्पर्कमा आएका एकजना जया शाहीले बताए । उनका अनुसार भारतीय सुरक्षाकर्मीहरुले अमानवीय ब्यवहार गरेको र कुटपिट गरेका छन् । यसबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग समेत सम्पर्क गरेर उद्धारको पहल भइरहेको नेपाली कांग्रेस मुगुका जिल्ला उपसभापति खगेन्द्र बहादुर मल्लले जानकारी दिए ।

उनीहरु नेपालको पश्चिमी सीमा नाका बनबासाभन्दा दक्षिणतर्फ १८ किलोमिटर टाढा जंगलमा अलपत्र परेको बताइएको छ । भारतीय प्रहरीको कुटपिटबाट केही घाइते समेत भएका छन् भने खाना तथा पानी समेत नपाएर बिचल्ली भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *