अन्तरास्ट्रिय

डब्ल्यूएचओको ३४ सदस्यीय कार्यकारी बोर्डको अध्यक्ष चुनिए भारतका स्वास्थ्यमन्त्री

७ जेठ, काठमाडौं । भारतको केन्द्रीय स्वास्थ्यमन्त्री डा. हर्ष बर्धन विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को ३४ सदस्यीय कार्यकारी बोर्डको अध्यक्ष हुने भएका छन् । उनले २२ मेमा आफ्नो पदभार सम्हाल्ने छन् । डा. हर्ष वद्र्धनले जापानका डा. हिरोकी नकतानीको स्थान लिने छन् ।

१९४ देशको विश्व स्वास्थ्य सम्मेलनमा मंगलबार भारतको तर्फबाट राखिएको हर्ष बर्धनको नाम निर्विरोध चयन गरिएको थियो । यसअघि डब्ल्यूएचओको दक्षिण–पूर्वी एसिया समूहले तीन वर्षका लागि भारतलाई बोर्ड सदस्यमा समावेश गरेको थियो ।

भारतीय अधिकारीहरुका अनुसार २२ मेमा स्वास्थ्य संगठनको ३४ सदस्यीय कार्यकारी बोर्डको बैठक छ । सो बैठक डा. हर्ष बर्धनको अध्यक्षतामा बस्ने छ । यस्तो बैठक वर्षमा दुई पटक जनवरी र मे महिनामा बस्छ ।

बोर्ड अध्यक्षको पद देशहरुको अलग अलग समूहमा एक–एक वर्षको दरले दिने गरिन्छ । अब यो पद भारतलाई दिने भनेर अघिल्लो वर्ष नै तय भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *