सूचना प्रविधि

विवाहमा ५ जना मात्र सहभागी हुन पाउने, सवारी पास आवश्यक नपर्ने

काठमाडौं । कञ्चनपुरमा विवाह गर्दा ५ जना मात्र सहभागी हुन पाइने भएको छ। शनिबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जारी गरेको सूचनामा बिहेमा समाजिक दुरी कायम गर्नेगरी अधिकतम् पाँचजना मात्र सहभागी हुन पाउने उल्लेख गरिएको छ। त्यस्तै जिल्लाभित्र हुने विवाह कामका लागि सवारी पास आवश्यक नपर्ने कञ्चनपुर प्रशासनले जनाएको छ। तर प्रशासनले बिहेमा कोरोनाको जोखिम न्यूनिकरणका उपायहरु भने अवलम्बन गर्नुपर्नेछ।

जिप्रकाले जारी गरेको सार्वजनिक सूचनाअनुसार विवाह हुने स्थानीय तहको सिफारिस बोक्ने, प्रहरीसँग समन्वय गर्ने, बेहुला, बेहुली, पण्डित र पूजा सामग्री राख्ने, सवारी साधनमा शुभ विवाहको ब्यानर राख्नुपर्नेछ।

यो पनि नेपालमै डाक्टरदेखि, नर्स, पत्रकार, सेना, प्रहरी, गुप्तचरसम्मलाई कोरोना संक्रमण

काठमाडौं। विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड -१९) का कारण स्थिति दिनानुदिन भयावह बन्दै गइरहेको छ । यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख २४ हजार ५ सय ३५ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या ४९ लाख ८२ हजार ८ सय ७५ जना पुगेको छ । नेपालमा कोरोना भाइरसको संक्रमित संख्या ४०२ पुगेको छ । २ जनाले ज्यान गुमाइसकेका छन् । जेठ महिनाको ६ दिनमै दोब्बरले संख्या वृद्धि भएको छ । ।

पछिल्लो पटक संक्रमित भएकामा कोरोना भाइरसको टेष्टका लागि नमुना संकलनका लागि पुगेका डाक्टर पनि छन् । उनी सरुवा रोग अस्पतालबाट काजमा खटिएका ललितपुर घर भएका हुन् । यसअघि नेपाली सेनाका दुईजनालाई महोत्तरीमा संक्रमण पत्ता लागेको थियो । प्रहरी र सशस्त्र प्रहरीमा कार्यरतहरु पनि संक्रमित भइसकेका छन् ।

राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी पनि संक्रमित भेटिएका छन् । पर्सा, बारा र धनुषामा फिल्डमा खटिएका पत्रकारहरु पनि संक्रमित भएका छन् । नेपालमा विभिन्न पेशा तथा क्षेत्रका मानिसमा धमाधम संक्रमण देखिन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *