प्रमुख समाचार

असारपछि लिपुलेक र तिंकर जान भारतको भूमि प्रयोग गर्नु नपर्ने

असारपछि दार्चुलाको माथिल्लो भूभागमा पुग्नलाई भारतको भूमि प्रयोग गर्नु नपर्ने भएको छ । अहिलेसम्म पनि दार्चुला सदरमुकाम खलंगाबाट जिल्लाको माथिल्लो भूभागहरु तिंकर, लिपुलेकसम्म पुग्न भारतको बाटो प्रयोग गर्नुपर्छ ।

खलंगाबाट हिँडेर तिंकर पुग्नका लागि घाटीबगर इलाकामा आवश्यक गोरेटो बाटो निर्माणको काम असार मसान्तसम्म सकिएपछि भारतीय भूमि प्रयोग गर्नु नपर्ने नेपाली सेनाले बताएको छ । हाल खलंगाबाट तिकंर जान भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लामा भारतीय सुरक्षाकर्मीसँग पास लिएर जानु पर्छ । फेरि माथि पुगेर नेपाली भूभागमा आउनु पर्छ ।

सेनाले बुधबारबाट घाटीबगर इलाकामा सडक निर्माणको लागि इन्जिनियर र अन्य प्राविधिकसहित सेनानीको कमान्डमा ४५ जनाको प्लाटुन खटाएको बताएको छ । ‘सेनाले बुधबारबाट त्यस इलाकामा काम थालेको छ,’ सैनिक प्रवक्ता पाण्डेले भने, ‘यो खण्डमा सेनाले असार मसान्तभित्रमा गोरेटो बाटो बनाइसक्ने लक्ष्य राखेको छ । असारपछि तिंकरलगायत दार्चुलाको माथिल्लो भूभाग जानका लागि नेपालीहरुलाई भारतको भूभाग प्रयोग गर्नु पर्दैन ।’

खलंगादेखि घाटीबगर हुँदै तिंकर भञ्जाङसम्मको दूरी एक सय ३४ किलोमिटर छ । घाटीबगरदेखि तिंकरसम्मको दूरी ८७ किलो मिटर छ ।

सेनाले अहिले घाटीबगरमा गोरेटो बाटो निर्माण गर्न लागेको हो । उक्त सडक खण्डमा चार सय ५० मिटर कडा चट्टान र केही स्थानमा प-हिरो छन् । कडा चट्टानलाई बा-रुद प्रयोग गरेर ब्ला-स्ट गर्ने र पहि-रोलाई हटाएपछि स्थानीयहरु हिड्ने गोरेटो बाटो खुला हुनेछ । यो खबर जगदीश्वर पाण्डेले कान्तिपुर दैनिकमा लखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *