समाचार

नेपालमा थप १० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४४४ पुग्यो

काठमाडौं । नेपालमा थप १० जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुगेको छ ।धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, विराटनगरमा गरिएको कोरोना परीक्षणमा थप १० जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, यसअघि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरेको परिक्षणमा ७ जनामा संक्रमण देखिएको थियो ।नेपालमा कोरोना संक्रमित भएकामध्ये ४५ जना संक्रमित निको भएर घर फर्किसकेका छन् भने २ जनाको ज्यान गएको छ।हालसम्म नेपालमा र्यापिड र पिसीआर दुई विधिबाट १ लाख १० हजार ५६६ को कोरोना परीक्षण गरिएको छ ।

यो पनि धुलिखेल अस्पतालमा मृत्यु भएकी महिला कोरोना पोजेटिभ

काठमाडौं। नेपालमा कोरोनाभाइरसका कारण पहिलो मृत्यु भएको आशंका गरिएको छ । धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलाको पीसीआर परीक्षणमा पनि कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सुत्केरी भएकी ती महिलालाई त्यहाँबाट डिस्चार्ज गरेर पठाइएको थियो । तर, पछि उनीमा श्वास प्रश्वास सम्बन्धि समस्या देखिएपछि उनलाई धुलिखेल अस्पतालमा भर्ना गरिएकोमा अस्पतालमा उनको मृत्यु भएको थियो । मृत्युपछि आरडीटी परीक्षणमा उनीमा कोरोना पोजेटिभ देखिएपछि पीसीआर परीक्षणका लागि पठाइएको थियो ।

उनकाे थप परीक्षण भइरहेकाे र सबै परीक्षणपछि मात्र काेराेनाबाटै मृत्यु भएकाे हाे वा अन्य कुनै कारणबाट निर्क्योल गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *