समाचार

‘घरमा कम्प्युटर चलाउन सिक्दैछु’

सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।

..

मेरो नाम ऋिदम शाही हो। मेरो बाबाको नाम रामकुमार शाही हो। मामुको नाम सीता चन्द हो। भाइको नाम आकृश।

म साढे सात वर्षको भएँ। मेरो विद्यालयको नाम एलआरई स्कुल हो। म कक्षा दुईमा पढ्छु। कलंकी काठमाडौंमा बस्छु। घर जाजरकोट हो। मामाघर रूकुम। लकडाउनको बेला हामी काठमाडौंमै छौं।

म घरमा लेख्ने र पढ्ने गर्छु। घरभित्रै बस्छु। लकडाउनले गर्दा बाबा अफिस गइसिन्न। घरमै कम्प्युटर ल्याएर काम गरिसिन्छ। कोरोना अझै बढ्ने संकेत छ रे। कोरोनाले गर्दा लकडाउन भएको थियो। म कहिल्यै पनि बाहिर बाटोमा निस्किन्नँ। लकडाउनले गर्दा हामी सबैजना घरमै बस्छौं।

कोरोना लागेर मान्छे पनि मरे रे। चैत ११ गतेदेखि लडकाउन भएको हो। म घरमा बाबामामुलाई सहयोग गर्छु। चित्र पनि बनाउँछु। कहिलेकाहीँ बाबामामुलाई चिया बनाएर खुवाउँछु। भाइको हेरचाह पनि गर्छु। अनि, घरमा बसेर कम्प्युटर चलाउन सिक्दैछु। नेपाली र अंग्रेजी टाइप सिक्दैछु।

म आफ्नो नाम नेपालीमा टाइप गर्न सक्ने भएको छु। बाबामामु र भाइको नाम पनि टाइप गर्न सक्छु। कम्प्युटरमा धेरै लेख्न सक्दिनँ। धेरै लेख्न नसक्ने भएकाले मैले कापीमा लेखेको कुरा बाबालाई टाइप गर्न लगाएको छु।

धन्यवाद!

लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)

[email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *