समाचार

नेपालमा ५ सय नाघ्यो कोरोना संक्रमित संख्या

शुक्रबार दिउँसो थप २० जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ७ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार थपिएका २० जनामध्ये बाँकेका १४, कैलालीका ३, डेडल्धुरा, बैतडी र मोरङका एक-एक जना छन्।

अहिलेसम्म संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ भने ७० जना निको भएका छन्।

मृत्यु हुनेमा सिन्धुपाल्चोककी गर्भवती महिला, बाँकेका युवक र गुल्मीका ४१ वर्षीय पुरूष छन्।

नेपालमा पहिलो संक्रमण चीनबाट आएका एक विद्यार्थीमा गत माघ ९ गते पुष्टि भएको थियो। त्यसपछि दोस्रो संक्रमण गत चैत १० गते फ्रान्सबाट आएकी काठमाडौंकी १९ वर्षीय युवतीमा देखिएको थियो।

पछिल्लो समय भारतबाट आएकाहरूमा बढी संक्रमण देखिएको छ। पछिल्लो समय सीमा नाकाबाट प्रवेश गर्ने व्यक्तिहरूमा संक्रमण देखिएको हो।

अझै भारतबाट थप मानिसहरू आइरहेकाले संक्रमण बढ्ने देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *