खेलकुद

ला लिगा जुन ८ देखि गर्न सकिन्छ : स्पेनिस प्रधानमन्त्री

स्पेनिस प्रधानमन्त्री पेड्रो सान्चेजले स्पेनिस ला लिगा जुन ८ बाट सुचारू गर्न सकिने बताएका छन्।

उनले खाली रंगशालामा कडा मेडिकल प्रोटोकलका साथ लिग हुने बताएका हुन्।

यसअघि ला लिगाका अध्यक्ष जाभियर तेबासले भने ला लिगा १२ जुनबाट गर्न सकिने बताएका थिए।

कोरोना भाइरसका कारण लिग १२ मार्चदेखि अनिश्चितकालका लागि स्थगित गरिएको थियो।

प्रधानमन्त्री र अध्यक्षले ला लिगा सुरु गर्ने बताए पनि मिति भने पक्का गर्न बाँकी छ।

लिगका खेलाडीहरूले यहि सातादेखि समूहमा प्रशिक्षण गर्न थालेका थिए। प्रशिक्षण गर्दा एक समूहमा १० जना भन्दा बढि हुन नहुने नियम छ।

‘जुन ८ देखि ला लिगा फर्कनेछ। स्पेनिस फुटबलको धेरै समर्थक छन्,’ प्रधानमन्त्रीको भनाइ छ।

स्पेनको दोस्रो डिभिजन लिग पनि फेरि सुचारु गर्ने तयारी गरिएको छ।

जुन ८ मा सेभिल्ला र रियल बेटिसबीच खेल हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *