समाचार

सक्रमित बढेर स्थानिय सरकारले धान्नै नसक्ने भएको बाँकेको सिमानामा हेर्नुस् सयौं भारतीय गाडीको लस्कर (भिडियो हेर्नुस्)

नेपालगन्ज । लामो समयको लकडाउनका कारण नेपाली किसानले आफ्ना उत्पादन बेच्न पाएका छैनन् । करोडौ लगानी लगाएर गरिएका उत्पादन अहिले खेतबारीमा खेर गएको छ । लगानी डुब्दा किसानहरु घर न घाटका भएका छन् । तर भारतीय उत्पादन बोकेका सवारी साधन भने यसरी सिमानावाट सयौंको संख्यामा भित्रिएका छन् । नेपाली उत्पादनले वजार नपाउने र भारतीय उत्पादन नेपाल प्रवेश गर्दा त्यसले कोरोनाको जोखिम पनि बढाएको छ ।

कोरोनाको केन्द्रविन्दु बनेको बाँकेको स्थानिय सरकारले बाँकेको नरैनापुर गाउँपालिमा फैलिएको कोरोना नियन्त्रणका लागि केन्द्र सरकारको सहयोग आवश्यक भएको महशुष गरेको छ । गाउँपालिकामा कोरोनाका कारण भयावह अवस्था आएपछि स्थानिय सरकारले केन्द्र सरकारसंग सहयोग मागेको छ । स्थानिय तहले तत्काल उच्चस्तरीय चिकित्सक टोलीसहित थप सुरक्षाकर्मी परिचालन गर्न सरकारलाई आग्रह गरेको छ ।

गाउँपालिकाले क्वारेन्टाइनबाट समुदाय स्तरसम्म संक्रमण फैलिने र स्थिति भयाबह हुने सम्भावना देखिएको भन्दै स्थिति नियन्त्रण भन्दा बाहिर जान नदिन बाँके प्रशासन मार्फत् नेपाल सरकार, प्रदेश सरकार, जिल्ला सुरक्षा समिति र कोभिड(१९ संक्रमण नियन्त्रण तथा व्यवस्थापन समिति बाँकेको ध्यानाकर्षण गराउँदै यस्तो आग्रह गरेको हो ।

नरैनापुरले बाँके प्रशासनलाई शनिवार लेखेको पत्र । जनु पत्र केन्द्र तथा प्रदेश सरकार लगायतलाई बोधार्थ गरिएको छ । स्थिति नियन्त्रण भन्दा बाहिर जाने अवस्था देखिएकाले उच्चस्तरीय चिकित्सक टोलीसहित थप सुरक्षाकर्मी परिचालन गर्न आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताउनुभयो । संक्रमित र उनीहरुका परिवारलाई केही व्यक्तिहरुले उक्साउने र कोरोना भाइरसबारे भ्रम सिर्जना गरी स्वास्थ्यकर्मी, कर्मचारी र सुरक्षाकर्मीलाई असहयोग गर्ने, मनोबल कमजोर पार्ने र संक्रमित भगाउने जस्ता क्रियाकलाप गरिरहेकाले संक्रमण समुदाय स्तरमै फैलिन सक्ने गाउँपालिकाको ठहर छ ।

प्रदेश ५ को पिछडिएको क्षेत्र नरैनापुर गाउँपालिकामा शिक्षा र चेतनाको कमीका कारण कोभिड-१९ प्रतिको धारणा र अन्धविश्वासले पनि समस्या निम्त्याएको प्रमुख प्रशासकीय अधिकृत खरालले ध्यानाकर्षण पत्रमा उल्लेख गर्नुभएको छ । भारतका कोरोना अति प्रभावित क्षेत्रहरुबाट अझै हजारौं मानिस आउन सक्ने भएकाले जोखिम झन् बढ्न सक्ने गाउँपालिकाको ठहर छ । नरैनापुरमा हालसम्म १ सय १४ जनामा संक्रमण पुष्टि भइसकेको छ भने एक जनाले कोभिडकै कारण ज्यान गुमाएको अवस्था छ । शनिवारमात्रै थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नरैनापुर पालिका आत्तिएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *