प्रमुख समाचार

नेपालको नयाँ नक्साको दक्षिण कोरियामा दिप प्रज्वलन गरेर स्वागत

सौल । भारतले अतिक्रमण गरेको नेपाली भूमि समेटेर प्रकाशित नेपालको नयाँ नक्साको दक्षिण कोरियामा दिप प्रज्वलन गरेर स्वागत गरिएको छ । सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेको खुशीयाली दक्षिण कोरियामा नेपाली युवाहरूले आइतबार दिप प्रज्वलन गरेका हुन् ।

कार्यक्रममा दिप प्रज्वलन गरी नेपालको राष्ट्रिय गान गाउँदै, नेपालप्रति गौरव व्यक्त गरिएको थियो। नुवाकोटका सालिक न्यौपानेले कार्यक्रमको संयोजन गरेका थिए ।

कार्यक्रममा मोरङका तेज अधिकारीले भारतीय मिचाहा प्रवृती र भारतीय मिडियाको भूमिकाको विरोधमा गरेका थिए । त्यस्तै गोरखाका धनजित श्रेष्ठले सुस्ता, माने भञ्ज्याङ लगायत विभिन्न ठाउँमा भारतले मिच्दै आएको प्रवृती अब अन्त्य हुनुपर्ने भन्दै बताएका थिए ।

कार्यक्रममा बोल्दै बुटवलका विष्णु सुवेदिले भारतीय हेपाहा र मिचाहा प्रवृतिको विरोध र भण्डाफोर गर्न सबैलाई आह्वान गरेका थिए । तराईका धेरै ठाउँहरूको सिमाना विवाद पनि यहीबेलामा सुल्झाउन पर्ने उनले माग समेत गरेका छन् ।

कार्यक्रमका संयोजक न्यौपानेले नेपालको सीमा रक्षामा दक्षिण कोरियामा रहेमा नेपालीहरु एकजुट रहेको भन्दै आवश्यक सहयोगको लागि पनि आफूहरु तयार रहेको बताएका छन् । दक्षिण कोरियामा रहेका नेपालीहरुमा गहिरो राष्ट्रप्रेम छ,’ उनले भने, ‘ हाम्रो भुमि फर्काउनक हामि राष्ट्रको लागि जुनसुकै सहयोग गर्न पनि तयार छौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *