समाचार

चीनमा १०८ जनामा कारोना,वि,रु,द्ध,को भ्याक्सिनको परीक्षण, आयो यस्तो नतिजा

काठमाडौँ ।चीनमा विकास भइरहेको कोरोनाभाइरसको भ्याक्सिनको प्रारम्भिक परीक्षण निकै उपलब्धिमुलक भएको दाबी गरिएको छ। प्रारम्भिक चरणमा १०८ जनामा गरिएको भ्याक्सिनको नतिजा निकै राम्रो आएको अनुसन्धानकर्ताहरुले दाबी गरेका हुन्।

ट्रायलका क्रममा यो भ्याक्सिनले कोरोनाभाइरस,वि,रु,द्ध प्रतिरोधी क्षमता विकास गरेको पाइएको छ। यो परीक्षणका विषयमा मेडिकल जर्नल द ल्यान्सेटमा रिपोर्ट प्रकाशित गरिएको छ। न्यूयोर्क टाइम्समा प्रकाशित समाचार अनुसार रिसर्चरहरुले कैयौं प्रयोगशालाहरुमा यो भ्याक्सिनको अध्ययन गरेका थिए।

चीनको एड फाइभ नाम दिइएको यो भ्याक्सिनलाई क्यानसिनो बायोलोजिक्सले विकास गरेको हो। यो भ्याक्सिनलाई बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अमेरिकाको मोडर्नाले विकास गरिरहेको भ्याक्सिनभन्दा अगाडि मानिएको छ। यो वर्षको सुरुदेखि नै चीनमा भ्याक्सिनको ह्युमन ट्रायल सुरु भएको थियो।

यो भ्याक्सिनका केही सामान्य साइड इफेक्ट देखिएका छन्। शरीर दुख्ने र ज्वरो आउने साइड इफेक्ट देखिएको भए पनि यी लक्षण एक महिनाभित्र आफैं हराएर गएका थिए। भ्याक्सिनबाट कुनै गम्भीर खतरा उत्पन्न भएको देखिएको छैन।

त्यस्तै कोरोना भाइरसको महामारीबाट विश्वभर ५४ लाख ९४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ९६ हजार ५०५ नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ५४ लाख ९४ हजार ४५५ पुगेको छ ।

विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट संक्रमितमध्ये २२ लाख ९९ हजार ३४५ जना संक्रमण मुक्त भएका छन् । बितेको २४ घण्टामा २ हजार ८२६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३ लाख ४६ हजार ४३४ पुगेको छ ।

२८ लाख ४८ हजार ६७६ जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ५३ हजार २२४ जनाको अवस्था गम्भीर छ । सोमबार बिहान ६ बजेसम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६९ हजार ८४४ जनाको मृत्यु भएको छ । १९ लाख १ हजार ७४९ जना संक्रमित भएकोमा ८ लाख ८२ हजार ६०७ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख १४ हजार १६९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १८ लाख ७७ हजार ३४९ पुगेको छ । त्यसमध्ये ५ लाख ५९ हजार ९८१ जना संक्रमणमुक्त भएका छन् । यस्तै एसियाली मुलुकहरुमा २७ हजार ४५५ जनाको मृत्यु भएको छ । ९ लाख ६० हजार ४१८ जना संक्रमित भएकोमा ५ लाख ५९ हजार ५८५ जना सं,क्र,म,ण,मुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ३१ हजार ४७२ जनाको मृत्यु भएको छ । ६ लाख ३१ हजार ८४० जना संक्रमित भएकोमा २ लाख ४२ हजार १८७ जना संक्रमणमुक्त भएका छन् । अफ्रिकी मुलुकहरुमा ३ हजार ३५६ जनाको ज्यान गएको छ भने १ लाख १३ हजार ६५६ जना संक्रमित छन् । संक्रमितमध्ये ४६ हजार २६९ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२३ जनाको मृत्यु भएको छ । ८ हजार ७२२ जना संक्रमित भएकोमा ८ हजार ६५ जना संक्रमणमुक्त भएका छन् । कोरोना भाइरसको महामारीले अमेरिकामा ९९ हजार ३०० जनाको मृत्यु भएको छ । संक्रमित १६ लाख ८६ हजार ४३६ जनामध्ये ४ लाख ५१ हजार ७०२ जना सं,क्र,म,ण,मुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *