अन्तरास्ट्रिय

लकडाउन तोड्नु हुन्न भनेर मृत्युशैयामा रहेकी आमालाई भेट्न नजाने प्रधानमन्त्री

नेदरल्यान्डका प्रधानमन्त्री मार्क रुटेले अन्तिम सास फेर्न लागेकी आफ्नी आमालाई पनि भेट्न पाएका छैनन।

देशभरि कोरोनाभाइरसको संक्रमण कम गर्न लकडाउन गरिएका कारण प्रधानमन्त्री रुटे आफ्नी आमालाई भेट्न नगएका हुन्।

उनको कार्यालयले लकडाउन लागु गर्न जारी गरिएको निर्देशिकामा प्रधानमन्त्री बाँधिएकाले उनी आमालाई भेट्न जान नपाएको बताएको छ।

प्रधानमन्त्री रुटले सोमबार आफ्नी ९६ वर्षीय आमाको गत मे १३ मा निधन भएको जानकारी दिएका छन्। उनी हेगस्थित एउटा केयर होममा बस्थिन्।

नेदरल्याण्डमा मार्च २० देखि लकडाउन लागू गरिएको थियो।

प्रधानमन्त्रीकी रुटेकी आमालाई कोरोनाभाइरसको संक्रमण भने भएको थिएन।

नेदरल्यान्डमा सोमबारदेखि केयर होममा रहेका आफन्त भेट्न जान पाइने गरी नयाँ नियम ल्याइएको छ। त्यहाँ जुन १५ सम्म लकडाउन लम्ब्याइएको छ।

लकडाउनका बाबजुद् नेदरल्यान्डमा ४५ हजार बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् भने ५ हजार ८ सयले ज्यान गुमाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *