अन्तरास्ट्रिय

ट्वीटरले ट्रम्पको ट्वीटमा लगाइदियो चेतावनीको चिन्ह, ट्रम्पले भने- वाक स्वतन्त्रताको हनन् भयो

माइक्रो ब्लगिङ् साइट ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको केही ट्वीटहरूमा पहिलोपटक ‘फ्याक्ट-चेक’ चेतावनी राखिदिएको छ।

ट्वीटरले मंगलबार ट्रम्पका दुईवटा ट्वीटमा यस्तो चिन्ह लगाइदिएको हो।

ट्वीटरले ट्रम्पको मेल-मतपत्रलाई ‘कपटपूर्ण’ भनेको र ‘मेलवक्स लुटिनसक्छ’ भन्ने चेतावनीको वाक्यांश भएका ट्विटमा चेतावनीको चिन्ह लगाइदिएको हो।

ट्वीटरको यो कदम ४५ अमेरिकी राष्ट्रपतिको चुनावको ताका ट्वीटहरूमा कुनै पनि सामुदायिक निर्देशनहरू लागु नगराउने निर्णय गरेको वर्षौपछि आएको हो।

यो कदम ट्विटरको ट्रम्पप्रति गर्ने व्यवहारको नयाँ मोड हो या होइन भन्न भने चाँडो हुनेछ। तर, यस किसिमको चेतावनीले ट्रम्पले आफ्नो सीमा नाघेको र ट्वीटरले सोका विरुद्ध अख्तियार गर्न नचाहेको कदम चालेको रुपमा हेरिएको छ।

ट्वीटरको यस कदमलाई राष्ट्रपति ट्रम्पले भने आसन्न चुनावमा ट्विटरको हस्तक्षेप भएको प्रतिक्रिया दिएका छन्।

‘ट्वीटरले २०२० को राष्ट्रपति चुनावमा हस्तक्षेप गर्न सुरू गरेको छ। उनीहरूले ‘मेल-न ब्यालोट्स’मा मैल दिएको भनाइले व्यापक भ्रष्टाचार र धोकातर्फ लैजाने बताइरहेका छन्, जुन गलत हो। उनीहरूले यो सिएनएन र अमेजन वासिङट्न पोस्टको गलत समाचारमा आधारित भएर गरिरहेका छन्’, ट्विटरमा ट्रम्पले भने, ‘ट्विटरले वाक स्वतन्त्रतालाई नियन्त्रण गर्ने काम गरेको र राष्ट्रपतिका रुपमा त्यस्तो हुन दिन्न।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *