समाचार

कचनकवलका १५ सहित झापामा थपिए १७ कोरोना संक्रमित

बुधाबार झापामा १७ जना कोरोना संक्रमित थपिएका छन्।

विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको अस्पतालकी डा. संगिता मिश्रले जानकारी दिइन्।

संक्रमितमध्ये १५ जना केचनकवल गाउँपालिकाका छन्। उनीहरू भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएका थिए।

बाँकी दुई जना भने गौरादह नगरपालिकाका छन्। योसँगै कोरोना संक्रमितको संख्या ८ सय ४२ पुगेको छ।

बुधबार बिहानै रौतहटमा ३५, बाग्लुङमा ६ र हेटौंडामा एकजना संक्रमित थपिएका हुन्।

जसमा रौतहट र बाग्लुङका संक्रमित भारतबाट आएको खुलेको छ। हेटौंडाकी संक्रमित २५ वर्षीया युवती भने चितवनबाट गत जेठ ९ गते घर पुगेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *