समाचार

स्याङ्जाका ३ र नवलपरासीका एकजनामा देखियो कोरोना

शुक्रबार बिहान गण्डकी प्रदेशमा चार जना कोरोना संक्रमित थपिएका छन्।

प्रदेश स्वास्थ्य निर्देशालयले प्रेस विज्ञप्ति जारी गर्दै स्याङ्जाका तीन जना र नवलपरासी सुस्ता पूर्वका एकजनामा संक्रमण भएको पुष्टि गरेको छ।

स्याङ्जाका तीन जना संक्रमितमध्ये दुई पुरुष र एक महिला छन्।

उनीहरू वालिङ निवासी हुन् र सोही नगरपालिकाको क्वारेन्टिनमा बसिरहेका थिए।

यस्तै नवलपरासीका संक्रमित देवचुली नगरपालिकाका १९ वर्षीय युवक हुन्। उनी पनि क्वारेन्टिनमै बसेका थिए। उनलाई चितवनस्थित भरतपुर अस्पताल लगिएको छ।

योसँगै संक्रमितको संख्या ८ सय ८९ पुगेको छ। बिहीबार मात्र एकैदिन १ सय १४ जना संक्रमित थपिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *