समाचार

एक वर्षीय बालकसहित दैलेखमा थप ८ जनामा कोरोना संक्रमण

१५ जेठ, सुर्खेत । कर्णालीमा ८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कर्णालीमा कोराना संक्रमितको संख्या ४६ पुगेको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणबाट बिहीबार दैलेखका ८ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमित सबै जिल्ला सदरमुकाम रहेको नारायण नगरपालिकाका हुन् । संक्रमित हुनेमा नगरपालिकाको वडानम्बर १ का २६ वर्षका युवक, ३ का १९, ३०, ३६ र ४० वर्षका पुरुष, ४ का एक वर्षका बालक र २० वर्षीय युवती र ७ का १७ वर्षीय किशोर रहेका छन् ।

योसहित नेपालमा कुल संक्रमितको संख्या ९९० पुगेको छ भने । बिहीबार मात्रै हालसम्म ८८ जना संक्रमित भेटिएका छन् ।

-यज्ञ खत्रीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *