समाचार

कोरोना म,हा,मा,री,का कारण विदेशमा समस्या परेकालाई फिर्ता ल्याउन बजेट विनियोजन

काठमाडौं । सरकारले कोरोना म,हा,मा,री,का कारण विदेशमा समस्यामा परेकालाई स्वदेश ल्याउन बजेट विनियोजन गरेको छ । त्यसरी विदेशमा समस्यामा परेकालाई स्वदेश ल्याइएकाहरूलाई सीप प्रदान गर्ने घोषणा पनि सरकारले गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आगामी आर्थिक वर्ष ०७७/७८को बजेट प्रस्तुत गर्दै विदेशबाट फर्कन चाहेकाहरुलाई ल्याउन बजेट छुट्याइएको बताए ।

कोरोना म,हा,मा,री,का कारण रोजगारी गुमाएर विदेशका धेरै अलपत्र छन् । आगामी आर्थिक वर्ष ०७७/७८ को बजेट संघीय संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड रकम विनियोजन गरिएको जानकारी दिए । यो कार्यक्रमबाट २ लाखलाई रोजगारी दिने लक्ष्य सरकारको छ ।

आगामी वर्ष साना किसान कर्जाबाट ४० हजार रोजगारी सिर्जना गर्ने लक्ष्य पनि सरकारले लिएको छ । त्यस्तै ७५ हजार सीपमूलक तालिम दिनका लागि ४ अर्ब ३४ करोड बजेट पनि विनियोजन भएको छ ।

सीपमूलक तालिममार्फत ५० हजार जनालाई रोजगारी दिन १ अर्ब छुट्याइएको खतिवडाले बताए । कोरोनाका कारण रोजगारी गुमेकालाई विकास निर्माणमा परिचालन गर्ने नीति पनि सरकारले लिएको छ । २ प्रतिशत ब्याजमा नवप्रवर्तन व्यवसायका लागि सुरुवाती पुँजी दिने घोषणा पनि सरकारले गरेको छ ।

त्यस्तै सरकारले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै स्वास्थ्य क्षेत्र प्राथमिकतामा राखेको बताएका छन् ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै आगामी आर्थिक वर्ष सबै स्थानीय तहमा अस्पताल निर्माण गर्ने घोषणा गरेका छन् । स्वास्थ्य क्षेत्रमा मात्रै सरकारले आगामी आर्थिक वर्षका लागि ९० अर्ब ६९ करोड रुपैयाँ पुर्‍याएको छ । त्यस्तै कृषि क्षेत्रमा सरकारले ४१ अर्ब विनियोजन गरेको घोषणा गरेको छ ।

नीति तथा कार्यक्रममा प्राथमिकतामा राखिएका दुई क्षेत्रमा सरकारले लगानी बढाएको हो । चालू आर्थिक वर्षमा ३६ अर्ब ८० करोड विनियोजन गरेको सरकारले आगामी आर्थिक वर्षमा ७ अर्ब थप गरेको हो । चालू आर्थिक वर्षमा ६८ अर्ब ७८ करोड रहेको स्वास्थ्य क्षेत्रको बजेट सरकारले बढाएर ९० अर्ब पुर्‍याएको हो ।

अर्थमन्त्री खतिवडाका अनुसार कोरोना संक्रमण लगायत सबै रोग तथा संक्रमणबाट नागरिकलाई बताउँन स्वास्थ्य सेवाको दायरा विस्तार, स्वास्थ्य पूर्वाधार निर्माण र जनशक्ति विकासमा जोड दिइएको बताए । डा खतिवाडाले स्वास्थ्य क्षेत्रमा कोरोना संक्रमण रोकथाम तथा स्वास्थ्य प्रर्णालीमा सुधारका लागि स्वास्थ्य क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गरेको बताए ।

उनले कोरोनाको उच्च जोखिमको क्षेत्रमा परीक्षणको दायरा बढाउन क्वारेन्टाइनको स्थानपना गर्न र त्रास सम्बोधन गर्न स्रोतको व्यवस्था मिलाएको बताए । उनले कोरोना संक्रमण नियन्त्रणका लागि ६ अर्व बजेट व्यवस्थापन गरेको बताए । यस्तै चिकित्सक तथा स्वास्थ्यकर्मीको लागि ५ लाख सम्मको निशुल्क स्वास्थ्य विमाको व्यवस्था गरिएको छ ।

काठमाडौं उपत्यकामा ३ सय शय्याकाका सरुवा रोग अस्पताल निर्माण हुने, काठमाडौं उपत्यका र प्रदेश राजधानीमा २ सय ५० शय्याका आइसीयु वेड स्थापना र सबै प्रदेश अस्पतालमा ५० शय्याको सरुवा रोग अस्पताल सञ्चालन गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *