अन्तरास्ट्रिय

नेपाललाई कोरोनाबाट जुध्न अमेरिकाले ६६ करोड सहयोग घोषणा

काठमाडौं, २७ जेठ । विश्वव्यापी फैलिएको कोरोनाको सामना अहिले नेपालले पनि गरिरहेको छ । दिनहुँ सयौं नयाँ कोरोना संक्रमित थपिएका छन् भने एक दर्जन बढीले ज्यान गुमाइसकेका छन् । यस्तो अवस्थामा कोरोनावाट जुध्न अमेरिकाले नेपाललाई ठूलो आर्थिक सहयोग गर्ने भएको छ । नेपाललाई कोरोनावाट जुध्न सहयोग पुर्याउन अमेरिकाले ५५ लाख अमेरिकी डलर (६६ करोड रुपैयाँ) को नयाँ आर्थिक सहयोग घोषणा गरेको छ।

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसइआईडी) सो रकम घोषणा गरिएको हो । यो घोषणा संगै अमेरिकाले नेपाललाई सहयोग गरेको रकम ७३ लाख डलर पुगेको छ। अमेरिकाले युएसआइडी मार्फत नेपालमा कोरोना प्रभावितका लागि काम गर्नेछ । युएसआइडी र सरकारको समन्वयमा हुने कार्यक्रममा सङ्कटका सहायक प्रभावहरूलाई सम्बोधन गर्न प्रयोग गरीने बताइएको छ ।

खास गरी उक्त सहायता रकमले साना नेपाली व्यवसायहरूको आर्थिक पुनरोत्थानका निम्ति अत्यावश्यक वित्त परिचालन गर्नेछ,’ दूतावासद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘साथै, निजी क्षेत्रको लगानीबाट लाभ लिँदै उक्त सहायताले जोखिमयुक्त क्षेत्रमा स्थानीय सरकार तथा निकायहरूलाई कोभिड–१९ का आर्थिक–सामाजिक प्रभावसम्बन्धी मूल्याङ्कन, योजना तथा प्रतिकार्यसम्बन्धी कार्यमा सघाउनेछ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *