समाचार

नेपाली फर्किने उडान दिउँसो ३ बजे भित्र काठमाडौं आउनुपर्ने

नेपालीलाई स्वदेश फर्काउने जहाज दिउसो ३ बजेभित्र काठमाडौं विमानस्थलमा अवतरण भइसक्नुपर्ने निर्णय गरेको छ।

विदेशबाट आएका नेपालीहरुलाई होल्डिङ सेन्टर तथा क्वारेन्टिनमा लिनुपर्ने र व्यवस्थापनका लागि सजिलो हुने भएकाले ३ बजेभित्रै जहाज काठमाडौं आइपुग्नुपर्ने व्यवस्था गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए।

‘नेपाल फर्काउने एयरलाइन्सले काठमाडौं आउँदा दिउँसो ३ बजे भित्र अवतरण गर्ने गरी आउनु पर्छ’ पोखरेलले भने।

हालसम्म १६९ जना सयुक्त अरब इमिरेट्सबाट, २६ जना म्यानमारबाट र ११ जना अष्ट्रेलियाबाट फर्किएका छन्। यअसघिका केही उडान राति आउँदा व्यवस्थापनमा कठिन देखिएकाले समयतालिका निश्चित गरिएको प्राधिकरणले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *