समाचार

सार्वजनिक यातायात सञ्चालनको तयारी गरिँदै, आजबाट देशभरका सबै सरकारी कार्यालय खुल्ने

काठमाडौं । करिब ३ महिनादेखि लागू भएको लकडाउनबाट आजबाट लुजडाउन गरिने भएको छ ।कोरोना भाइरसको महामारी सुरु हुनु अगावै नेपालमा अपनाइएको सावधानी लकडाउन खुकुलो बनाउँदै लाने योजना अनुसार आजबाट सबै सरकारी कार्यालय खुला गर्ने तयारी गरिएको छ । स्रोतका अनुसार सुरुमा कार्यालयहरु केहीदिनसम्म २ बजेसम्म खोलिनेछ । त्यसपछि दुई सिफ्ट गरी ८ देखि २ र २ देखि ६ बजेसम्म खोल्ने तयारी छ ।

लामो समयदेखि ठप्प रहेको सार्वजनिक यातायात पनि खोल्ने तयारी सरकारको छ । त्यस्तै काठमाडौं उपत्यका भित्र आउन र बाहिर जानका लागी जिल्ला प्रशासन कार्यालयले सुचना जारी गरेर कागजातसहित निवेदन दिनुपर्ने जनाएको छ ।

त्यस्तै ट्याक्सी भने यसअघि नै सञ्चालनमा आइसकेको छ । निजी सवारी सञ्चालनको अनुमति पनि यस अघि नै दिइएको भएता पनि शैक्षिक संस्था भने भदौमा मात्र खोल्ने तयारी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *