समाचार

जोर-बिजोर लागू गर्न सवारी पास खारेज

जिल्ला प्रशासन कार्यालय काठमाडौंले निजी सवारी साधनका लागि जारी गरेका सवारी पास खारेज हुने भएका छन्।

जोर-बिजोर प्रणालीलाई प्रभावकारी बनाउन गृह मन्त्रालयले यसअघिका पास खारेज गरेको गृह मन्त्रालयका सह-प्रवक्ता उमाकान्त अधिकारीले सेतोपाटीलाई बताए।

‘जोर-बिजोर लागू गर्दा पनि जिल्ला प्रशासनले दिएका पासका आधारमा सबै दिन सवारी साधन चलाइएको पाइयो,’उनले भने,’जिल्ला प्रशासनले दिएका पास खारेज गरेपछि अब सबैले जोर-बिजोर प्रणालीलाई लागू हुन्छ।’

सरकारले चैत ११ गत लकडाउन घोषणा गरेदेखि नै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक कामका लागि निजी सवारी साधनका लागि पास जारी गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *