खेलकुद

बायर्न म्यूनिखले जित्यो बुडेन्स लिगाको उपाधि

बायर्न म्यूनिखले लगातार ८ औं पटक जर्मन बुडेन्स लिगाको उपाधि जितेको छ।

मंगलबार भएको खेलमा वेर्डर ब्रेमेनलाई उसको घरेलु मैदानमा १-० ले पराजित गरेपछि म्यूनिखले लगातार ८ औं पटक उपाधिमाथि कब्जा जमाएको हो।

लिगमा दुई खेल बाँकी छँदै उपाधिमा कब्जा जमाएको म्यूनिख मंगलबार भएको खेलमा अल्फोन्सो डेभिसले दोहोरो पहेंलो कार्ड खाएपछि १० खेलाडीमा सिमित भएको थियो।

बायर्नको जितमा एकमात्र गोल रोबर्ट लेवान्डोस्कीले खेलको ४३ औं मिनेटमा गरेका थिए।

जारी सिजनमा यो उनको ३१ औं गोल हो।

उपाधि जितेको बायर्नले लिगमा ३२ खेलमा ७६ अंक जोडेको छ।

लिगको दोस्रो स्थानमा रहेको बोरूसिया डर्टमुन्डको ३१ खेलबाट ६६ अंक छ।

बोरूसिया डर्टमुन्डले ३ खेल खेल्न बाँकी रहेको भएपनि १० अंकको अन्तर भएकाले बायर्नले उपाधिमा कब्जा जमाएको हो।

Image

Leave a Reply

Your email address will not be published. Required fields are marked *