खेलकुद

युभेन्ट्सलाई हराउँदै नापोलीले जित्यो कोप्पा इटालिया

नापोलीले पछिल्लो ६ सिजनमा पहिलो पटक मुख्य प्रतियोगिताको उपाधि जितेको छ।

नापोलीले बुधबार राति कोप्पा इटालियाको उपाधि जितेको हो।

उपाधि भिडन्तमा नापोलीले युभेन्ट्सलाई पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित गर्‍यो। त्यसअघिको खेल गोलरहित बराबरीमा सकिएको थियो।

पेनाल्टी सुटआउटमा युभेन्ट्सका पाब्लो डिबाला र डानिलोको पेनाल्टीले गोलपोस्टको दिशा लिन सकेन।

डिबालाको प्रहार गोलकिपरले रोक्दा डानिलोको प्रहार आउट भयो। त्यसपछि नापोलीका मिलिकले वियजी गोल गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *