प्रमुख समाचार

पुनः पूर्ण लकडाउन गर्ने सरकारको तयारी

काठमाडौँ । सरकारले कोरोना सं’क्रमण बढ्दै गएपछि पूर्ण लकडाउन गर्नेबारे सु’रक्षा नि’कायहरुसँग छलफल गरिरहेको छ। सरकारले फेरि साउनदेखि पूर्ण लकडाउन गर्ने तयारी थालेको हो ।

विभिन्न सरकारी सं’यन्त्र प्रयोग गरी कोरोनाको सं’क्रमण बढ्दै ५० हजारसम्म पुग्छ भन्नु र सरकारले पूर्ण लकडाउनको बारेमा सु’रक्षा निकायसँग छलफल गर्नुले साउनदेखि पुनः पूर्ण लकडाउन तयारी थालेको आ’शंका जन्मिएको छ। यो खबर आजको नागरिक दैनिकले छापेको छ ।

केही दिन अघि स्वास्थ्य मन्त्रालयले साउनमा कोरोना संक्रमणको दर ४० हजार पुग्ने दा’वी गरेको थियो भने नेपाली सेनाको पृ’तनापति स’म्मेलनमा ५० हजार पुग्ने अ’नुमान प्र’क्षेपण गर्नुले पूर्ण लकडाउनको तयारी बढिरहेको संकेत गर्न थालिएको छ।

लकडाउन खुकुलो हुँदै जानु, सिमानाका जो’डिएको देश भारतबाट आउने क्रम ब’ढ्नु, संक्रमितको सम्पर्कमा आएकाको ट्रे’सिङ सु’स्त गतिमा हुनुलगायतका कारणले संक्रमणको जो’खिम ब’ढेको जनस्वास्थ्य विज्ञहरू बताउँछन् ।

देशभर दसवटा ‘सिग्नेचर पुल’ निर्माण हुने

देशभर दसवटा ‘सिग्नेचर पुल’ निर्माण हुने भएको छ । सामान्य पुलभन्दा फरक डिजाइन र आकर्षक हुने यस्ता पुललाई ‘आर्क ब्रिज’ पनि भनिन्छ । पर्यटकीय दृष्टिले समेत यस्ता पुल आकर्षक हुने गर्छन् ।दसवटा आकर्षक पुल निर्माण गर्न विश्व बैङ्कसँग ऋण सहयोग सम्झौता भइसकेको सडक विभागले जनाएको छ ।

विभागका अनुसार नारायणी नदी (चितवन), विजयपुर खोला (कास्की), रतुवा खोला (दमक), गछियाखोला (मोरङ), तमोर नदी (धनकुटा सडक, धरान), बाग्मती नदी (शङ्खमूल, काठमाडौँ), तिनाउ नदी (बुटवल), रोहिणी नदी (भैरहवा), बकैया नदी (मकवानपुर) र बाग्मती नदी (सर्लाही–रौतहट)मा ‘सिग्नेचर पुल’ निर्माण हुन लागेको हो ।

सडक विभागको पुल महाशाखाका प्रमुख दीपक भट्टराईले ‘सिग्नेचर पुल’ निर्माण हुने स्थान चयन भई अध्ययन भइरहेको जानकारी दिनुुभयो । उहाँका अनुसार ‘चिनियाँ, भारतीय र स्विस पुल विज्ञहरूबाट अहिले अध्ययन भइरहेको छ ।पुलको अध्ययन तथा डिजाइन नेपाल सरकारले आफ्नै लगानीमा गर्ने तथा निर्माण आन्तरिक स्रोत र दातृ निकायको सहयोगमा गरिने जानकारी प्रमुख भट्टराईले दिनुुभयो ।,यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *