समाचार

थाइल्याण्डबाट फर्किन् पूर्वयुवराज्ञी हिमानी

पूर्वयुवराज्ञी हिमानी शाह स्वदेश फर्किएकी छन्।थाइल्याण्डमा रहेकी हिमानी मंगलबार अपरान्ह ३ बजे त्रिभुवन विमानस्थलमा ओर्लिएकाे विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिए।

नेपाल एअरलाइन्सको विमानमार्फत् हिमानीसँगै उनका छोरा हृदयेन्द्र पनि स्वदेश फर्किएका हुन्। ‘पिसिआर परीक्षण गरेर आएकाे भन्ने छ,’ उनले भने ‘यसबारे थप सिसिएमसीले हेर्छ।’

हिमानीका दुई छोरीहरू भने थाइल्याण्डमै छन्। छोराछोरी भेट्न तीन महिनाअघि थाइल्याण्ड गएकी हिमानी उतै रोकिएकी थिइन्।

हिमानी स्वदेश फर्किएको पूर्वराजा ज्ञानेन्द्र शाहका प्रेस सहयोगी फणिराज पाठकले बताए। ‘उहाँहरु स्वदेश आउनुभएकाे छ, क्वारेन्टिन बस्ने/नबस्ने जानकारी भएन’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *