खेलकुद

राकिटिकको गोलमा जित निकाल्दै बार्सिलोना फेरि शीर्ष स्थानमा

बार्सिलोना स्पेनिस ला लिगाको पुन: शीर्ष स्थानमा उक्लिएको छ।

मंगलबार राति भएको खेलमा एथ्लेटिको बिल्बाओलाई १-० ले पराजित गरेर बार्सिलोना शीर्ष स्थानमा फर्किएको हो।

बार्सिलोनाका लागि इभान राकिटिकले ७१ मिनेटमा गरेको गोल निर्णायक बन्यो। राकिटिकलाई गोल गर्न कप्तान लिओनल मेसीले पास उपलब्ध गराएका थिए। जारी सिजनमा मेसीको यो १५औं एसिस्ट हो।

जितपछि बार्सिलोनाले ३१ खेलबाट ६८ अंक जोडेको छ। एक खेल कम खेलेको रियल म्याड्रिडको ६५ अंक छ। अब रियलले बुधबार मालोर्कासँग खेल्दैछ। जित निकाले रियलले बार्सिलोनालाई पछि पारेर शीर्ष स्थान कब्जा गर्नेछ।

लिगको अर्को खेलमा एट्लेटिको म्याड्रिडले लेभान्तेलाई १-० गोलले पराजित गरेको छ। जितसँगै एट्लेटिको ३१ खेबलाट ५५ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *