समाचार

बिजुली गाडी र बाइक शोरुमलाई ८० प्रतिशत कर छुट

काठमाडौं महानगरपालीकाले विद्युतिय सवारी साधनको शोरुमको करमा ८० प्रतिशत छुट दिने भएको छ।

आर्थिक वर्ष २०७७/७८ को आर्थिक विधेयकअनुसार महानगर भित्रका दुइपांग्रे तथा चारपांग्रे विद्युतिय सवारी साधनको शोरुमको करमा ८० प्रतिशत छुट पाउने भएका हुन्।

छुटपछि चारपांग्रे सवारी साधनको शोरुमले महानगरलाई वार्षिक १० हजार र दुइपांग्रे सवारी साधनको शोरुमले ५ हजार मात्र तिर्नु पर्नेछ।

यी सोरुमको करको दर चारपांग्रे विद्युतिय सवारी साधनको सोरुमको ५० हजार र दुइपांग्रे सवारी साधको सोरुमको २५ हजार रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *