मनोरंजन

विदेशबाट आउने सबै नेपालीको स्वागत गर्न महानायक हमालको आग्रह, भन्छन् ‘- के प्रेम र स्नेहको हार भएकै हो ?’

काठमाडौं – विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण अहिले विश्वका धेरै देश प्रभावित भइरहेका छन् । कोरोनाको रोकथामको लागि धेरैजसो देशमा लकडाउन पनि गरिएको छ । कोरोना रोकथामको लागि गरिएको लकडाउनका कारण विदेशमा रोकिएका नेपालीहरु अहिले स्वेदश ल्याउने काम भइरहेको छ ।

अन्य देशबाट नेपाली ल्याउदा कोरोना सर्ने डर पनि भइरहेको छ । विदेशबाट फर्किएका नेपालीलाई सरकारले उचित व्यवस्थापन र आइसोलेसनको व्यवस्था गर्न नसक्दा एक किसिमको त्रास पनि बढेको छ ।

यसैबीच नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता राजेश हमालले यस्तो अवस्थामा विदेशबाट आउने सबै नेपालीको स्वागत गर्नुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो शेयर गर्दै कोरोनाभाइरसको महामारीमा दिनहुँ घर फर्किरहेका नेपालीलाई नमस्तेसहित न्यानो स्वागत गर्न आह्वान गरेका हुन् । युनिसेफको ‘हाम्रो नमस्ते’ अभियानमा सहभागी हुँदै हमालले उक्त अभिव्यिक्त दिएका हुन् ।

उनले भिडियोमा अनिश्चितता र चुनौतीको यो समयमा देशका हजारौँ नागरिकहरू सुरक्षा तथा सहायताका खोजीमा आफ्नो घर फर्किरहेका छन् भन्दै भनेका छन् उ छोरा कसैको, उ छोरी कसैको उ बुबा कसैको, उ आमा कसैको, दाजु दीदी, साथि, श्रीमान् वा श्रीमती पनि, जे हुन् तर हैनन् पराय, आफ्नै त हुन् नी, हुर्के बढे यही आँगनमा खेले यै माटोमा, बसायौ हामिले उनलाई सधै हाम्रो आखाँमा जब आयो अनयास त्रास कोरोनाको बिन भए उनीहरु पराय । के यसैलाई भनिन्छ परिवार ? मानेकै हो हामीले प्रेम र स्नेहको हार ? उनले भिडियोमा स्वदेश फर्किरहेका आप्रवासी कामदारहरूको पक्षमा एकजुट भई हौसला बढाउनु पर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *