समाचार

युरोपमा फेरि कोरोनाको संक्रमण बढ्न थाल्यो, डब्लुएचओले दियो चेतावनी

विश्व स्वास्थ्य संगठनले युरोपमा लकडाउन खुकुलो पारिएसँगै कोरोना संक्रमणमा वृद्धि देखिएको जनाएको छ।

उसले यसलाई चिन्ताजनक भनेको छ।

संगठनका क्षेत्रीय निर्देशक डा. हान्स हेनेरू क्लूगले युरोपका ११ देशमा अचानक कोरोना संक्रमित तीव्र गतिमा बढेको जानकारी दिएका छन्।

बिबिसीमा प्रकाशित समाचारका अनुसार अर्मानिया, स्वीडेन, माल्डोभा र नर्थ म्यासोडोनियामा संक्रमित बढेका छन्।

क्लूगले आफूले यसअघि संक्रमण पुनः आउनसक्ने खतरा रहेको बताउँदै आएकोमा अब त्यो यथार्थ भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

यसबारेमा सचेत नभए ती मुलुकको स्वास्थ्य व्यवस्था धर्मराउन सक्ने चेतावनी उनको छ।

‘यी देशहरूले लकडाउन खुकुलो पार्न सुरू गरेपछि मैले केही हप्ता अगाडिदेखि नै महामारी पुनः आउनसक्ने चेतावनी दिदैं आएको थिएँ’, डा. क्लूगले भने, ‘युरोपका कयौं देशमा यो यथार्थ बनिसकेको छ। ३० देशमा पछिल्लो साता नयाँ संक्रमित बढेका छन्, ११ देशमा यसको गति एकदमै तीव्र छ।’

हालसम्म युरोपमा २८ लाख बढी मानिसमा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ भने १ लाख ९५ हजार बढी मानिसको ज्यान गइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *