समाचार

आज सुनको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं- शुक्रबार सुनको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सयले घटेर ९० हजार ६ मा कायम भएको छ।बिहीबार सुन ९१ हजार १ सयमा कारोबार भएको थियो।त्यसैगरी, तेजाबी सुनको मूल्य ९० हजार एक सय ६० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी

महासंघले जनाएको छ।अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।आज चाँदीको मूल्य ९ सय ४० रुपैयाँमा पुगेको छ। यो अघिल्लो दिनको तुलनमा प्रतितोला ५ रुपैयाँ महँगो हो।

यो पनि जनप्रतिनिधिले पाउने सुविधाको ४० लाख कोराना कोषमा

काठमाडौं – दोलखाको शैलुङ गाउँपालिकाका जनप्रतिनिधिले आफूहरुले पाउने सेवा सुविधाबापतको रु ४० लाख रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

शैलुङ गाउँपालिकाका जनप्रतिनिधिले पाउने सेवा सुविधा भत्ताबापतको आठ महिनाको रु ४० लाख बराबरको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष भरत दुललले बताए ।

गाउँपालिका अध्यक्षदेखि वडा सदस्यसम्म ४२ जना जनप्रतिनिधिले आठ महिनाको तलब सेवा सुविधा भत्ता कोरोना रोकथाम कोषमा हाल्ने बुधबार सम्पन्न गाउँ सभाले निर्णय गरेको छ ।

२०७६ चैत मसान्तसम्म सबै जनप्रतिनिधिले आठ महिनाको सेवा सुविधा लिन बाँकी रेहको थियो । अदालतले जनप्रतिनिधिलाई तलब नबुझ्न आदेश गरेपछि वाग्ममी प्रदेशले तलब नभनी सेवा सुविधाको नाममा पारिश्रमिक दिने कानून पास गरेपछि जनप्रतिनिधिले सेवा सुविधा बुझ्दै आएका छन् ।

कोरोनाको कारण सिङ्गो देशनै समस्यामा रहेको कारण अर्थतन्त्र पनि धराशायी बनेको र आफूहरु जनप्रतिनिधि भएपछि आफू पनि बाँचौँ र जनतालाई पनि बचाऊ भन्ने उद्देश्यले सबै जनप्रतिनिधिले यो निर्णय गरेको अध्यक्ष दुललले बताए ।

जनप्रतिनिधिबाट रु ४० लाख र गाउँपालिकाको स्रोत बाट २० लाख गरी आर्थिक वर्षको लागि रु ६० लाखको कोरोना नियन्त्रण कोष बनाउन लागिएको गाउँपालिकाले जनाएको छ ।

उक्त कोषमार्फत कोरोना परीक्षणका लागि स्वास्थ्य सामग्री खरिद परीक्षण गराउन ल्याउने स्वास्थ्यकर्मीको भक्ता यातायात लगाएको क्षेत्रमा उक्त रकम खर्च गरिने गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *