समाचार

बिजुलिको नयाँ महशुल सार्वजनिक, यसरी बाल्न जाने निशुल्क हुने [सूचिसहित]

काठमाडौ । विद्युत नियमन आयोगले विद्युतको नयाँ महशुल सार्वजनिक गरेको छ । नयाँ महशुल अनुसार ५ एम्पियरको मिटर राख्ने र महिनाको १० युनिटभन्दा कम विद्युत ख,प,त गर्ने ग्राहकलाई निःशुल्क वि,द्युत दिने सरकारले यसअघि गरेको निर्णय अव कार्यान्वयन हुने भएको छ । नियमन आयोगले सार्वजनिक खानेपानी र सिँचाइको लागि कृषि मिटरको डिमाण्ड शुल्क भने अटाएको छ । यसको प्रत्यक्ष लाभ अव भने किसानले पाउने छन् ।

त्यस्तै आयोगले घर भाडामा ब,स्नेलाई उक्त घरमा रहेको मिटरको खपतको आधारमा बिलिङ हुँदा तय भएको अधिकतम दरभन्दा बढी महशुल उठाउन नपाउने व्यवस्था गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ । पछिल्लो पटक सार्वजनिक गरिएको नयाँ महसुल दर असार महिनादेखि लागू हुने गरि कार्यान्वयन गर्न पनि आयोगले निर्देशन दिएको छ । आम नागरीकलाई राहत दिन विद्युतको महशुल ५ देखि ५० प्रतिशतसम्म र औसतमा १० प्रतिशत घटाइएको बताइएको छ ।सबैको जानकारीको सेयर गर्नुहोस !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *