अन्तरास्ट्रिय

सुशान्तको बुबाले भने, मुम्बइमा मात्र हैन, हामीलाई सान्तवना दिन र सुशान्तलाई बिदाई गर्न अंकिता पटना पनि आइन्

सुशान्त सिंह राजपुतको निधन भएको १५ दिन भइसकेको छ । उनको बारेमा नयाँ तथा आश्चर्यजनक कुराहरु आइरहेका छन् ।उनको निधनमा उनको परिवार, बलिउड तथा उनका फ्यानहरु शोकमा डुबेका छन् ।

उनले भने, सानो हुदाँ मनमा केहि कुरा राख्न सक्दैनथ्यो । सबै कुरा दिदीलाई र मलाई सुनाउँनै पर्थ्यो ।उनले सुशान्त र अंकिताको जोडी पवित्र रिश्तामा खुब जमेको बताएका छन् ।

अंकिता हामीलाई सान्तवना दिन मुम्बई मात्र हैन सुशान्तलाई अन्तिम पटक बिदाई गर्न पटना पनि आएकी थिइन् ।म सुशान्तको जीवनमा भएका साथीहरु मध्ये अंकितालाई मात्र चिन्छु ।

कृति सनोनसँग पनि मेरो अन्तिम संस्कारको बेलामात्र भेट भएको हो ।मैले उस्को बिहेको बारेमा कुरा गरेको थिए । उस्ले कोरोनाको महामारीको बिचमा बिहे गर्दिन यो साम्य होस अनि मात्र बिहे गर्छु भनेको थियो ।

२०२१ मा हामी उस्को बिहे गर्दिने सोचमा थियौं ।उसँग बिहेको कुरा नै अन्तिम कुरा भयो ।सुशान्तको नाम रिहा चक्रावतीसँग जोडिए पनि मैले उस्लाई चिनेको छैन ।तर अंकिताले हामीलाई र हामी अंकितालाई धेरै माया गर्छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *