आर्थिक

सुनको मूल्यले कायम गर्‍यो एतिहासिक रेकर्ड

आइतबार सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा पुगेर एतिहासिक रेकर्ड कायम भएको छ। शुक्रबार ९० हजार ६ सयमा कायम भएको सुन आज ७ सयले बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ७१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य घटबढ भएकोले नेपालमा पनि त्यसको असर परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।आज चाँदीको मूल्य ९ सय ४५ रुपैयाँमा कायम छ। यो मूल्य शुक्रबारको तुलनामा ५ रुपैयाँले बढी हो।

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस् यस्तो छ आजको विनिमयदर

शुक्रबारको तुलनामा आइतबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर स्थिर रहेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय २० रुपैयाँ ७४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २१ रुपैयाँ ३४ पैसा तोकिएको छ । एक साउदी रियालको खरिददर ३२ रुपैयाँ १९ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ १९ पैसा तोकिएको छ ।

एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ १४ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ २८ पैसा तोकिएको छ । त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९२ रुपैयाँ ६५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९४ रुपैयाँ ६० पैसा तोकिएको छ । त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय १९ रुपैयाँ ७६ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय २१ रुपैयाँ ३५ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३३ रुपैयाँ १६ पैसा तोकिएको छ भने बिक्रिदर ३३ रुपैयाँ ३३ तोकिएको छ । त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ६ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ११ पैसा तोकिएको छ ।त्यस्तै आज एक यूरोपियन यूरोको खरिददर १ सय ३५ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्रिदर १ सय ३६ रुपैयाँ १५ पैसा रहेको छ। एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ४९ रुपैयाँ ६६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५० रुपैयाँ ४० पैसा तोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *