समाचार

‘लकडाउन अहिलेको जस्तै कायम राख्न सिफारिश गर्ने’

काठमाडौं, १४ असार । लकडाउनको मोडालिटी तयार पार्न गठित मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदलको बैठक सम्पन्न भएको छ । आइतबार सिंहदरबारमा बसेको कार्यदलको बैठकले लकडाउन अहिलेकैजस्तै कायम गर्नेबारे सरकारलाई सुझाव दिने निर्णय गरेको छ ।

सरकारले लकडाउन खुकुलो बनाएको छ । कोरोना सं,क्र,म,ण रो,क,था,म र नियन्त्रणको काम प्र,भा,व,कारी बनाउन यसअघि सरकारले ‘उच्चस्तरीय क्राइसिस म्यानेजमेन्ट टिम’ गठन गरेको थियो। उक्त कार्यदलमा मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायका सु,र,क्षा प्रमुख छन्। श्रोत ReportersNepal

यो पनि कामलाई नतिजामुखी बनाउन पर्यटनमन्त्री भट्टराई निर्देशन

काठमाडौँ, १४ असार : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आगामी आव २०७७-७८ को योजना कार्यक्रमलाई नतिजामुखी बनाउन मातहत निकायलाई निर्देशन दिएका छन् ।एसएमटी (सिनियर मे,नेजमेन्ट टिम) को बैठकलाई आज सम्बोधन गर्दै उनले आगामी आर्थिक वर्षको सुरुआतबाटै मन्त्रालयका काममा आँफै सक्रिय ‘प्रोएक्टिभ’ भएर लाग्न आग्रह गरे ।

उनले राम्रो कार्यसम्पादन नगर्ने कर्मचारीलाई विनम्रतापूर्वक ह,टा,इने पनि चे,ता,वनी दिए । उनले भने, “अहिल्यै मैले पूर्वसूचना गरेको छु । साउन महिनाबाट हामी काममा ‘प्रो,एक्टिभ’ भएर लाग्छौँ । राम्रो काम नगर्ने कर्मचारीलाई हटाइन्छ । त्यो बेला मन्त्रीले बलपूर्वक हटायो नभन्नु होला ।”आफूले प्रधामन्त्रीसँग, सचिवले आफूसँग कार्यसम्पादन सम्झौता गर्ने अभ्यास स्मरण गराउँदै उनले भने, “तपार्इंहरुले पनि सचिवसँग कार्यसम्पादनको सम्झौता गर्नुपर्छ ।

उक्त सम्झौताअनुसार काम भए÷नभएको हेरेर कसैमाथि पूर्वाग्रह नराखी पुरस्कृत र का,र्वा,ही जे गर्नुपर्ने हो त्यो गरिन्छ ।”हरेक एक वर्षमा कक्षा चढेजस्तै आफूहरुको पनि एउटा कक्षा च,ढ्ने बेला आएको उल्लेख गर्दै मन्त्री भट्टराईले मन्त्रालयले राम्रो अङ्कका साथ कक्षा उत्तीर्ण हुनैपर्ने बताए ।

चालू वर्षमा सम्पन्न हुन बाँकी काम पनि १५ दिनभित्र गर्न र प्रत्येक हप्ता हरेक महाशाखाहरुको कामको रिर्पोटिङ गरिने व्यवस्था मिलाइने उनले उल्लेख गरे । उनले कोभिड–१९ पछि सबै विमानस्थलहरु सञ्चालन गर्ने गरी प्रोटोकलको पूर्वतयारी गर्न, होटल तथा रेष्टुरेष्ट व्यवसाय सञ्चालनका लागि जारी भएको प्रोटोकलको कार्यान्वयन र अनुगमन गर्न पनि सम्बन्धित म,हा,शाखा÷निकाय प्रमुखलाई निर्देशन दिए ।

पर्यटन मन्त्रात्रालय मातहत राष्ट्रिय ,गौर,वका आयोजनाका रुपमा रहेका पाँचवटा आयोजना छन् । भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, बारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पशुपति विकास कोष र लुम्बिनी विकास कोष रहेका छन् । कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, मन्त्रालयका म,हा,शाखा प्रमुख तथा मातहत निकायका प्रमुखहरुको सहभागिता थियो ।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *