आर्थिक

घट्यो सुनको मुल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ?

काठमाडौं – मंगलबार सुनको मूल्य तोलामा १ सय रुपैयाले घटेको छ । सोमबार प्रतितोला ९१ हजार ३ सय रुपैयामा कारोबार भएको छापावाल सुनको मूल्य आज १ सय रुपैयाले घटेर प्रतितोला ९१ हजार २ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ७ सय ६५ रुपैयामा कारोबार भइरहेको जनाइएको छ । त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।

बढ्यो यूरोपियन यूरोसहित अन्य देशको भाउ, हेर्नुहोस् आजको विनिमयदर

यूरोपियन यूरोसहित अन्य केही देशको विनिमयदर बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय २० रुपैयाँ ६४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २१ रुपैयाँ २४ पैसा तोकिएको छ । एक साउदी रियालको खरिददर ३२ रुपैयाँ १६ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ३२ पैसा तोकिएको छ ।

एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ १५ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ २८९ पैसा तोकिएको छ । त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९२ रुपैयाँ २० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९४ रुपैयाँ १५ पैसा तोकिएको छ । त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय १९ रुपैयाँ ४९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय २१ रुपैयाँ ८ पैसा तोकिएको छ ।

त्यस्तै आज एक यूरोपियन यूरोको खरिददर १ सय ३६ रुपैयाँ ६ पैसा रहेको छ भने बिक्रिदर १ सय ३६ रुपैयाँ ७३ पैसा रहेको छ। एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ४८ रुपैयाँ ५३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ४९ रुपैयाँ २७ पैसा तोकिएको छ।

एक कतारी रियालको खरिददर ३३ रुपैयाँ १२ पैसा तोकिएको छ भने बिक्रिदर ३३ रुपैयाँ २९ तोकिएको छ । त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ६ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ११ पैसा तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *