आर्थिक

आयल निगमले बढायो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मटितेलको मूल्य बढेको हो ।मंगलबार निगमले गरेको निर्णय अनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मटितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ।अब काठमाडौंमा पेट्रोलको मूल्य लिटरको १०१ रुपैयाँ र डिजेलको ७८७ रुपैयाँ पुगेको छ ।

भारतीय आयल कर्पोरेसनले पेट्रोलमा प्रतिलिटर ४.७७ रुपैयाँ, डिजेलमा प्रतिलिटर ५.८० रुपैयाँ, हवाई इन्धनमा प्रतिलिटर ६.०६ रुपैयाँ मूल्य बढाएर सूची पठाएपछि मूलय बढाइएको निगमले जनाएको छ ।एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखिएको निगमले जानकारी दिएको छ ।

कोरोना त्रासमा सेयर बजार : असर कस्तो पर्ला ?

कोरोना त्रास नेपालमा पनि व्यापक हुँदै गएपछि सेयर बजार लकडाउन हुनु अगावै बन्द भयो । लकडाउनकै बिच १९ वैशाखमा खुलेको बजार २ दिन पछि पुनः बन्द गरियो । सेयर बजारका लागनीकर्ताहरु नै खुलाउने र बन्द गर्ने दुई पक्षमा विभाजित हुँदा २ दिन खुलेको बजार पनि बन्द भयो ।

लकडाउन पूर्ण रुपमा नखुल्दै बजार खुला हुँदा ठूलो मात्रामा गिरावट आउने भन्दै तत्काल खुलाउन नहुने पक्षमा एक पक्षिय लगानीकर्ता थिए भने अर्को पक्षका लगानीकर्ताहरु सर्वसाधारणको पुँजीलाई बन्धक बनाएर राख्न नहुने भन्दै बजार खुलाउन माग गर्दै आएका थिए ।यद्यपि, गत साता सेयर बजार बजार खुलाउने पक्षमा सबै लगानीकर्ताहरु सहमत भए । बजार खुलाउने कि नखुलाउने भन्ने विषयमा नेपाल धितोपत्र बोर्डको कार्यालयमा भएको छलफल पछि लगानीकर्ताका संघ/संगठनहरु खुलाउने पक्षमा सहमत भएका हुन् ।

सहमति पछि सोमबारदेखि बजार खुला भएको छ । बजार खुलेको पहिलो दिन सोमबार सेयर बजार १२ अंक भन्दा धेरैले घट्यो । यद्यपि, सोमबार भने बजारमा ‘पोजिटिभ सर्किट ब्रेक’ नै लागेको छ ।

बजार खुलेको ४८ मिनेटमा ४ प्रतिशतले बढेर सर्किट लागेपछि २० मिनेट बन्द भएको बजार दोस्रो पटक पनि सर्किट लागेको छ । कारोबार खुलेको दोस्रो घण्टामा ५ प्रतिशतले बढेपछि बजार ४० मिनेट स्थगित भएको छ ।

लकडाउन पूर्ण रुपमा नखुल्दै खुला गर्न लागिएको सेयर बजारले अब कस्तो दिशा लिन्छ होला ? यस विषयमा हामीले केहि विज्ञ र लगानीकर्ताहरुसँग कुराकानी गरेका थियौँ । विज्ञ र लगानीकर्ताको धारणा लगभग उस्तै छ ।

सेयर बजारका विज्ञ डा. गोपाल भट्ट बजार खुलाउनु स्वागत योग्य भएको बताउछन् । बजार शुरुका केहि दिन घट्नसक्ने उनको अनुमान छ। यद्यपि, केहि दिन पछि बजार उकालो लाग्ने डा. भट्ट बताउछन् ।सेयर बजारका अर्का विज्ञ तथा पूर्ब बैंकर अनलराज भट्टराई भने पर्याप्त तयारी नपुगी बजार खुलाउनु ठिक नभएको बताउछन् । केहि नीतिगत सुधार नगरी बजार खोल्दा त्यसले नकरात्मक असर गर्छ कि भन्ने शंका गर्ने ठाउँ रहेको उनले बताए ।

विज्ञ डा. भट्ट जस्तै लगानीकर्ताका नेताहरुले पनि बजार खुल्नुलाई सकारात्मक भएको बताउछन् । उनीहरु पनि बजार केहि दिन घट्छ भन्ने अनुमान गर्छन । उनीहरुको दावी पनि केहि दिन घटेपनि त्यसपछि भने बजार सुधार हुन्छ भन्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *